२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना, पुर्व सांसद नविना सहित ११ घाईते


८२९५ पाठक संख्या
  • २०८० कार्तिक १२, आईतबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउंपालिका वडा नं १ निगालेमा सवारी दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

    आज ( आईतबार) दिउंसो ३ बजेको समयमा तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै गरेको बा १४ च ७०७७ नं. को डबल क्याप बलेरो गाडी ब्रेक फेल भई सडकमा पल्टदा बलेरोमा सवार १८ जना मध्ये ११ जना घाईते भएका छन् । घाईतेहरुलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाईएको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सवारी दुर्घटनाबाट घाईते हुनेहरुमा स्याङजा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली , स्याङजा पुतलीबजार ५ बस्ने बर्ष बर्ष १३ को सुबम श्रेष्ठ र बर्ष ५ को सुरज श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउंपालिका वडा नं ७ बस्ने बर्ष ४० की पुर्व सांसद नविना लामा , खानिखोला गाउँपालिका वडा नं ५ मिल्चे बस्ने बर्ष ४० की रचना मगर र निजको छोरी बर्ष १६की ईन्जिला सोडारी , दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३२ की मिना श्रेष्ठ र बर्ष ३५ को गोविन्द श्रेष्ठ , काभ्रेपलाञ्चोक जिल्ला खानिखाला गाउँपालिका वडा नं ६ बस्ने बर्ष ३५को दिपेन्द्र राना , काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं १२ बस्ने बर्ष ३५ की भक्त कुमारी लामा र काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं १ बस्ने बर्ष ७४को सिङताङ तामाङ रहेका छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार