२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना, श्रीमतीको मृत्यु श्रीमानको अवस्था गम्भिर


३२५५३ पाठक संख्या
  • २०८० कार्तिक २७, सोमबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं ६ को लोक मार्ग हुदै बोक्सेबाट रामेछाप तर्फ जाँदै गरेको बा ३४ प ८४५२ नं. को मोटरसाईकल दुर्घटना हुँदा गोमा चौलागाईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    आफै अनियन्त्रित भई सड्कबाट अन्दाजि ८० मिटर तल बोक्से काभ्रे पाखामा खस्दा मोटरसाईकल चालक बर्ष ४८ को दिल्लि प्रसाद चौलागाईको आँखा माथि र टाउकामा चोट लागि गम्भिर अवस्थामा रहेको र मोटरसाईकलको पछिाडि बसी सवार गर्ने निजकै श्रीमती बर्ष अं. ४५ की गोमा चौलागाईको मृत्यु भएको हो ।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्र.स.नि. को कमाण्डमा टोली खटि गई उद्धार कार्य गरी कार्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको शाखामा घाईते दिल्लि प्रसाद चौलागाईका उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%१६%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार