२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना एकको मृत्यु


९३८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ७ आईटि पार्क नजिक सवारी दुर्घटना हुँदा भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका वडा नं ३ बस्ने बर्ष ५७ को प्रल्हाद थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो चैत्र १ गते दिउँसो १/३५ बजेको समयमा पनौती बाट बनेपा तर्फ आउदै गेरको बा.८४ प.६८२३ नम्बरको स्कुटरले बनेपाबाट पनौती तर्फ जादै गरेको बा. ३२ प. ७०३८ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना, स्कुटरमा १ जना गरी ३ जना घाईते भएका थिए ।

    घाईतहुनेहरुमा मोटरसाईकल चालक झापा जिल्ला कन्चन कवल गाउंपालिका वडा नं .६ बस्ने बर्ष ३५ को नरेन्द्र कुमार राजवंसी , मोटरसाईकल पछाडि बसी यात्रा गर्ने भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरपालिका वडा नं ३ बस्ने प्रल्हाद थापा मगर र स्कुटर चालक जि. काभ्रे बनेपा न.पा. ८ बस्ने बर्ष ५७ को सुर्य कुमार रन्जितकार थिय । घाईते तीनै जनालाई उपचारको लागि अस्पताल पठाएकोमा आज मध्यपुर ठिमि न.पा. ३ बस्ने प्रल्हाद थापा मगर उपचारको क्रममा अस्पतालका सम्बन्धीत चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार