२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोक प्रहरीले नोट छाप्ने उपकरण सहित मानिस पक्राऊ


६६३१ पाठक संख्या
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ५ मा रहेको एच.एम मोवाईल केयर सेन्टरमा प्रहरीले खानतलासी गर्दा नक्कली नोट छाप्नको लागि आवश्यक उपकरणहरु सहित सविन हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।
    काभ्रेपलाञ्चोक जिल्ला वेथानचोक गाउंपालिका वडा नं ३ घर भएका हुमागाईको साथवाट कलर प्रिन्टर १ , ल्यापटप १ , आइफोन १, हजारको नक्कली नोट ६९ , पाँचसयको नक्कली नोट १ र नोट प्रिन्ट गर्ने फोटोकपी पेपर १ रिम समेत बरामद गरेको छ ।
    आज (शुक्रवार) बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलिले नक्कली नोट बनाउन प्रयोग गर्ने सामान सहित पक्राउ परेका हुमागाईलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार