२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

चौंरीदेउरालीको नीति, कार्यक्रम र बजेट सार्वजनिक


२७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । विहिबार एक कार्यक्रमका बीच गाउँपालिकाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

    कार्यक्रमको उद्घाटन संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले गाउँपालिकाले निक्कै राम्रो र जनमुखी नीति, कार्यक्रम र बजेट ल्याएकोमा प्रसंशा गरे । ‘गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेट निक्कै राम्रो छ । जनमुखी छ । यहाँको सापेक्षतामा यो बजेटले जनताको धेरै समस्याको सम्बोधन गरेको छ ।’ उनले भने, ‘धेरै छलफलपछि ल्याएको रहेछ । मलाई लाग्छ यसले सबै समेटेको छ ।’

    त्यसैगरी विशेष अतिथिको रुपमा रहेको प्रदेश सभा सदस्य सांसद रत्न ढकालले पनि चौंरीदेउराली गाउँपालिकाले ४ वर्षमा गरेको कामको समिक्षा गर्नुको साथै आर्थिक वर्ष २०७८।०७९ को नीति, कार्यक्रम र बजेटको प्रसंशा गरे ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतम प्रयासले नीति तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष गौतमले वडाहरुमा गाउँपालिका केन्द्र जोड्ने एउटा सडकलाई स्तरोन्नती गरी कालो पत्रे गर्ने नीति रहेको बताए । साथै प्रत्येक वडाका टोलटोलमा रहेका सडकहरुलाई स्तरोन्नती गर्ने र वर्षै भरी यातायात सुचारु गर्ने कार्यलाई निरन्तरता दिइने समेत नीति रहेको बताए । त्यस्तै गरी कृषि, पर्यटन, सुशासनका लागि समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना रहेको उनले बताए ।

    ‘यो नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजार विनियोजन गरिएको छ ।’ कार्यक्रममा अध्यक्ष गौतमले जानकारी दिए ।

    यसैबीच यो आर्थिक वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा हत्या गरिएका तथा वेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रतिमहिना रु २ हजारका दरले सहयोग उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

    त्यसैगरी उपाध्यक्ष ताराकुमारी चौंलागाईंले आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजार विनियोजन गरिएको छ । जसमा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार रहेको उपाध्यक्ष चौंलागाईंले जानकारी दिए ।

    ‘आर्थिक विकास रु. २ करोड २३ लाख, सामजिक विकास रु. ४ करोड ६५ लाख ९ हजार, पुर्वाधार विकास रु. १ करोड ९२ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. १ करोड ४० लाख ५० हजार गरी कुल विकास बजेट १० करोड २० लाख ५९ हजार विनियोजन गरेकी छु ।’ चौंलागाईंले भने, ‘आन्तरिक श्रोत परिचालन रु. १ करोड ७४ लाख ७९ हजार मध्ये गतका क्रमागत योजनाको दायित्व भुक्तानी गर्न विकास कुल खर्च १ करोड ४१ लाख २५ हजार रहेको छ । जम्मा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार रहेको छ ।’

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यन्वयन गर्न पहिलो सिपाहीको रुपमा आफूहरुले अवसर पाएकोमा खुशी व्यक्त गर्दै आफूहरु जनताको सेवामा निरन्तर लागेको बताए ।

    कार्यक्रमकाे सन्चालन प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार