२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

खानीखोला गाउँपालिकाको नवौ गाउँ सभाको पाँचौं वजेट अधिवेशनमा प्रस्तुत


४४४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • आगामी आर्थिक बर्ष २०७८-०७९ को बार्षिक
    नीति, कार्यक्रम तथा वजेट

    सभाध्यक्ष महोदय,
    यस खानीखोला गाउँपालिकाको नवौ गाउँसभाको पाँचौं वजेट अधिवेशनका सभाध्यक्षज्यू, गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु,प्रमुख प्रशासकिय अधिकृत एवं अन्य कर्मचारी मित्रहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकार,सुरक्षाकर्मीहरु सर्वप्रथम खानीखोला आज यस गरिमामय गाउँ सभामा म गाउँपालिकाको अध्यक्ष र गाउँकार्यपालिका परिवारको तर्फबाट हार्दिक स्वागत गर्दछु । साथै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तथा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने महान् अभियानमा सहादत प्राप्त गर्नु भएका तथा ऋयखष्म का कारण मृत्य भएका सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

    सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

    1. यति वेला महामारीको रुपमा फैलिएको दोस्रो भेरियन्ट कोरोना भाइरस (कोभिड –१९) कारणवाट यस गाउँपालिकामा उत्पन्न असहज परिस्थितिले मानव जीवन, आर्थिक र सामाजिक क्षेत्रमा सिर्जना गरेको विषम र कठिन परिस्थितीमा खानीखोला निवासी आम जनसमुदायको जीवन सहज वनाउदै विकास निर्माण सहित सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गर्दै समग्र परिवर्तनको लागी आवश्यक नीति तथा कार्यक्रम सहित आ.व. २०७८।०७९ को यस खानीखोला गाउँपालिकाको नवौं गाउँसभामा नीति कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।

    2. खानीखोला गाउँपालिका काभ्रे जिल्लाको विकट गाउँपालिका रहेको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथानचोक गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको वीच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानी काठमाडौबाट करीव १२५ कि.मी.को दुरीमा अबस्थित वेथान नारायणस्थानडाँडाको फेदीमा अवस्थित शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको कृषि उर्वरभूमि उत्पादनको हिसावले यसको महत्व निकै रहेको छ ।

    3.  २०६८ को जनगणनामा १४,३९८ जनसंख्या रहेको यस खानीखोला गाउँपालिका सानो गाउँ, विकास निर्माणमा पिछडिएको दुर्गमका कारण राज्यवाट प्राप्त हुने सेवा सुविधा पर्याप्त मात्रमा लिन नसकिएको, सरकारी तथा गैर सरकारी निकायवाट सञ्चालन हुने कार्यक्रमहरु सहज ढंगले यहाँको जनताहरुले सहज तरिकाले प्राप्त हुन नसकेको, विकटताको कारणले गर्दा यस खानीखोला गाउँपालिकाले योजना वद्ध, देखिएको चुनौतीलाई सामना गर्दै खानीखोला गाउँपालिकाको विकास र सुशासन मार्फत समग्र समृद्धिको यात्रालाई टेवा पु–याउने ध्येयका साथ आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा वजेट यस सम्मानित सभामा पेश गर्न अनुमति चाहन्छु ।

    4. सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिकामा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि, पशु, उर्जा र पर्यटन क्षेत्रलाई विकास गरी समग्र खानीखोला गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना देखेको छु । जसको लागि गाउँपालिकाको रणनीतिक विकास योजना अनुसार आगामी दिनमा अगाडि बढाइनेछ । यसका साथ साथै समग्र गाउँपालिकाको एकिकृत विकास योजना तयार गरी स्पष्ट लक्ष्य र उद्देश्यका साथ परिणाम मुखी भई अगाडि बढन आफु प्रतिवद्ध रहेको व्यहोरा यस सम्मानित सभा मार्फत समग्र खानीखोला गाउपालिका निबासी सवैमा प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

    सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

    स्थानीय तहको निर्वाचन २०७४ पछि खानीखोला गाउँपालिकाको तर्फवाट नवौं गाउँ सभामा यस आ.व.को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्न यस गाउँ सभामा उपस्थित हुन पाउँदा गौरव महसुस गरेको छु । खानीखोला गाउँपालिका निवासी आम जनसमुदायले विकास निर्माणको सवालमा सही दिशानिर्देश गरेर सामाजिक उत्तरदायित्व, सामाजिक सवलीकरण, समाज परिवर्तनको लागी हामीलाई पार्टीले निर्वाचनमा उम्मेदवार वनाई निर्वाचन मार्फत जनताले हामीलाई स्थानीय सरकारको जिम्मेवारीमा पुर्याउदा हामीले खानीखोला निवासी आम जनसमुदायको हक र हितको लागी त्याग र सर्मपणको भावना हामीमा हुनु पर्दछ । नेपालको संघीय संरचना अन्तर्गत जनतासँग प्रत्यक्ष र नजिकवाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणमा समेत वोध गराउने यो सुःखद समयलाई स्मरण गर्न चाहन्छु । साथै स्थानीय तहको निर्वाचन पछि यस खानीखोला गाउँपालिका निवासी आम जनसमुदायहरु खानीखोलाको सवैखाले विकास निर्माणको अवस्था हेरेर करीव ४ वर्ष अगाडी भन्दा अहिले खुशी रहेको जानकारी म यस सभामा पेश गर्दछु ।
    सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यहरु ज्यूहरु

    हामी सबैलाई थाहा छ यति वेला महामारीको रुपमा रहेको दोस्रो भेरियन्ट कोरोना भाइरस ऋयखष्म–ज्ञढ को कारणवाट उत्पन्न असहज परिस्थितिलाई न्यूनीकरण गर्दै जनजीवनलाई नियमित गर्ने विषय नै अहिलेको प्रमुख चुनौती हो । महामारीको अवस्थामा हाम्रा आवश्यकता र प्राथमिकताहरु पनि वदलिएका छ । यस परिस्थितिमा हाम्रो वजेट तर्जुमा सामान्य अवस्थाको भन्दा फरक हुने निश्चित छ। ऋयखष्म–ज्ञढ को असरवाट सिर्जित आवश्यकताको पहिचान गरी सोही आधारमा नीति कार्यक्रम र वजेटका प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ । आवश्यकता पहिचान गर्दा नेपालको संविधान र विद्यमान कानुन अनुरुप हामीले सम्पादन गर्नुपर्ने कार्यहरु तथा नेपाल सरकारको आ.व. २०७७-०७८ को नीति कार्यक्रम र वजेटका प्राथमिकताहरुलाई समेत आधारको रुपमा लिई यस खानीखोला गाउँपालिका भित्र हाम्रा चाहना र आवश्यकताहरु असीमित छन तर स्रोत र साधनहरु सीमित छन । उपलब्ध सीमित स्रोत र साधनबाट समग्र गाउँपालिकाको सम्पूर्ण नागरिकहरुको चाहना र विकासलाई सम्बोधन गर्न आफैमा चुनौतिपूर्ण छ । त्यसैले सीमित स्रोत र साधनलाई प्राथमिकताका साथ परिचालन गरी अधिकतम जनसहभागिता, सहकार्य तथा साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने हाम्रो आवश्यकता र वाध्यता हो । यस तर्फ सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र सहकार्यको पूर्ण सहयोगको आशा लिएको छु ।

    सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु

    अब म यस खानीखोला गाउँपालिकाको योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि अबलम्बन गरिएका पद्धति तथा लिइएका आधारहरुको बारेमा व्याख्या गर्न चाहन्छु ।
    ज्ञ। नेपालको संविधानले निर्देशित गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धी विषय तथा प्राथमिकताहरु ।
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताको आधारहरु ।
    राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्तुलनका आधारहरु ।
    स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन र अन्य स्थानीय कानुनहरु ।
    छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको नीतिगत व्यवस्था ।
    नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तिय समानीकरण अनुदान, शसर्त अनुदान, र राजश्व वाँडफाँडवाट प्राप्त हुने रकम र प्रदेश सरकारवाट प्राप्त समानीकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान र राजश्व वाँडफाटको सिलिङ सहितको मार्गदर्शन ।
    जिल्ला समन्वय समिति काभ्रेवाट प्राप्त हुने पूर्वाधार विकासका रकम ।
    सामाजिक सुरक्षा भत्ताको लागी प्राप्त हुने रकम ।
    संघीय र प्रदेश सरकारले जारी गरेको नीति कानुन र मापदण्डहरु ।
    संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त अन्य मार्गदर्शन एवं निर्देशन तथा सुझावहरु ।
    पन्ध्रौ योजनाले निर्दिष्ट गरेको लक्ष्य एवं उद्धेश्यहरु ।
    वडाको विभिन्न टोल वस्तीको जनतावाट माग भै आएका र हामीले व्यक्त गरेका प्रतिवद्धता पत्र ।
    राजनैतिक घोषणापत्र र समय समयमा सार्वजनिक गरेका वचन वद्धताहरु ।
    सभाका सभाध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु
    यस खानीखोला गाउँपालिकामा उपलब्ध सीमित श्रोत साधनलाई उपयोग गरी दिगो र भरपर्दो विकास गर्नु हाम्रो प्रतिवद्धता हो । यसो गर्न हामीले योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता पूर्वक क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने वाध्यता भएकोले योजना तथा कार्यक्रमहरुको प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्नुपर्ने र समानुपातिक विकास आजको आवश्यकता हो । सोही सिद्धान्त अनुरुप हामीले योजना तथा कार्यक्रमहरु छनौट गर्दा देहायका आधारहरु तय गरी सोही अनुरुप योजना तथा कार्यक्रम छनौट गरेका छौं ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार