२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

आज – चैत्र २९ गते बुधवार को राशिफल


१०७९१ पाठक संख्या
चैत्र १५ को राशिफल
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २९, बुधबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजग भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज प्रतिष्ठित काम गर्ने मौका छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार