२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

अपराध नियन्त्रणमा सक्रिय काभे् प्रहरी


२४७७ पाठक संख्या

धुलिखेल जिल्ला प्रहरी कार्यालय काभे्रले एक बर्ष भित्रमा जिल्लामा गरेको कामको जानकारी गराएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • धुलिखेल
    जिल्ला प्रहरी कार्यालय काभे्रले एक बर्ष भित्रमा जिल्लामा गरेको कामको जानकारी गराएको छ । शुक्रबार सञ्चारकर्मीलाई प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमका विच जानकारी गराए । प्रहरी उपरिक्षक बास्तोलालका अनुसार विभिन्न मुद्धामा संग्लन भइ फरार भएका २ सय ३१ जनालाई जिल्ला अदालतमा फैसला कार्यान्वयका लागि बुझाएको जनाकारी दिए ।
    अपराध नियन्त्रण पहिलो महत्वपुर्ण कुरा भने कै फरार प्रतिवादी पक्राउ हुने बताउँदै आएका बास्तोलाले १४ महिना मै अनुसन्धनको सिलसिलामा ५ सय ७६ प्रतिवादी प्रक्राउ गरेको र ४२ जना अनुसन्धन भइरहेको बताए । अदालतबाट फरार प्रतिवादी मध्येबाट ८९ बर्ष ९ महिना २१ दिन कैद सजाँय र १८ करोड ७६ लाख ४४ हजार ९१३ रुपयाँ असुल गरेको थियो । जिल्ला अदालत काभे्रले ६ सय ६४ फरार प्रतिवादीको नाम लिस्ट जिल्ला प्रहरी कार्यालयलाई उपलव्ध गराएको थियो ।
    त्यस्तै १ हजार ९ सय ९४ क्युफिट अबैध काठ सहित १६ जना पक्राउ गरेको जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालयले यस बर्ष ६८ हजार ३३४ लिटर अबैध मदिरा नष्ट गरेको, अबैध जुवातास खेलबाट ९६ पक्राउ गरेको र त्यसबाट रु ९ लाख ४५ हजार ३५५ नगद बरमद गरेको प्रहरी उपरिक्षक बास्तोलाले जनाकारी दिए ।
    धु्रमपान गर्नेलाई नियन्त्रण
    जिल्ला प्रहरी कार्यालयले सार्वजनीक स्थलमा धु्रमपान गर्ने ९० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाको विभिन्न सार्वजानिक स्थलमा बसेर धु्रमपान गर्नेलाई नियन्त्रण लिएको र त्यसबाट ९ हजार राजश्व उठाएको जानकारी दिइएको थियो । प्रहरीले अवैध हतियार ४ बरामद गरेको र ७ जना मानिस पक्राउ गरेको छ । यसैगरि नक्कली लाइसेन्स बनाएर सवारी चलाउने २३ जनालाई पक्राउ गरेको तथा नक्कली रुट पर्मिट बनाएर सवारी चलाउने ३ चालकलाई पक्राउ गरेर कार्वाही अगाडी बढाएको जानकारी बास्तोलाले दिए ।
    दुर्घटना पनि
    जिल्ला प्रहरी कार्यालयले जिल्लामा भएका दुर्घटनाको बारेमा समेत जानकारी दिएको थियो । प्रहरी उपरिक्षक बास्तोलाका अनुसार आव २०७१÷०७२ मा २४ दुर्घटना भएकोमा २९ को मृत्यु, ४० घाईते, ८० सामान्य, त्यस्तै २०७२÷०७३ मा २४० दुर्घटना २९ मूत्यु, ८९ घाईते, २०२ सामान्य घाइते भएका थिए । त्यस्तै आव २०७३÷०७४ को भदौ सम्ममा दुर्घटना ३१, मृत्यु २८, घाईते ४६ र सामान्य घाईते ५२ भइसकेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार