२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

समाज सेवा समूहले मनायो रजत महोत्सव


२४०८ पाठक संख्या

महादेवस्थान सहकारी तथा गरिबी निवारण मन्त्री एव्म नेपाली कागे्रसका केन्द्रिय सदस्य हृद्धयराम थानीले संविधान कार्यान्वयनमा

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ९, आईतबार मा प्रकाशित ७ साल अघि
  • महादेवस्थान
    सहकारी तथा गरिबी निवारण मन्त्री एव्म नेपाली कागे्रसका केन्द्रिय सदस्य हृद्धयराम थानीले संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि सत्तापक्ष जस्तै जिम्मेवार भएका छन । काभे्रको महादेवस्थान गाविसमा विहीवार समाज सेवा समूहको २६ औ साधारण सभा तथा रजत महोत्सव कार्यक्रममा सहभागि हुन आएका मन्त्री थानीले संञ्चारकर्मीसँगको जिज्ञासामा उतm कुरा बताएका हुन ।
    संविधान कार्यान्वयन हुनुभनेको सत्तापक्षको मात्र कुरा होइन, प्रतिपक्षमा रहेकाको पनि उति कै भूमीका रहेको हुन्छ । एमाले पनि राष्ट्रको हितमा साथ दिन तयार रहेको छ । मन्त्री थानीले संविधान कार्यान्वयमा सरकार लागि रहेको बताए । प्रधानमन्त्री ज्यू ले सबै दलहरु सँग संविधान कार्यान्वयको लागि पहल गरिरहनु भएको छ, एक दुई दिनमा यसले मूर्त रुप लिन्छ । उनले सबै दलको सहमती मै सरकार अगाडी बढ्ने बताए । त्यस्तै समाज सेवा समूहको कार्यक्रममा मन्त्री थानीले गैरसरकारी संस्थाहरु अपारदर्शि हुदै भएको बताए । कतिपयले अलिअलि काम गरेपनि धेरैले गर्न सकेका छैनन । उनीहरुलाई कारवाहीको दायरामा ल्याइने छ । उनले समाज सेवालाई पनि जनमुखि कार्यक्रम गर्न आग्रह गरे ।
    कार्यक्रममा सांसद विदुर सापकोटाले ग्रामीण क्षेत्रको विकासको मुद्धा बनाउन आग्रह गरे । नेपाली कागे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यले मुलुकमा ५० हजार एनजिओहरु दर्ता भएपनि एक हजारले मात्र जनतालाई सेवा पु¥याएको बताए । उनले सरकार नपुगेको ठाँउमा गैरसरकारी संस्था पुगेको भएपनि पारदर्शिता भने प्रष्ट नभएको बताए । समाज सेवा समूहका अध्यक्ष भरत विष्टले संस्थाले २५ बर्ष सम्म ग्रामीण भेगमा रहेर सेवा दिएको जानकारी दिए । उनले २० करोड भन्दा बढीको काम गर्न संस्था सफल भएको बताउँदै, काभे्र, सिन्धुपालञ्चोक र ललितपुरका ग्रामीण भेगमा सेवा दिइरहेको बताए । संस्थालाई सहयोग गर्न विभिन्न व्यतिmहरुलाई मन्त्री समान गरेको कार्यक्रममा संस्थाका सदस्य अच्युत पौडेल, दिपक पौडेल, ददिलाल श्रेष्ठ लगायतले संस्थाले गरेको कामको प्रशसा गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार