२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेपलाञ्चोकको नगरपालिका मध्य पाँचखाल पहिलो


१५६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा भएको ६ नगरपालिका मध्य कार्यसम्पादन मूल्याङ्कनमा कृषि नगरीको रुपमा परिचित पाँचखाल पहिलो हुन सफल भएको छ । विगतमा बागमती प्रदेशकै उत्कृष्ट हुन सफल पाँचखालले दोस्रो उपलब्धि हासिल गर्न सफल भएको छ ।

    नगरका मेयर महेश खरेलको पहिलो कार्यकालमा बागमती प्रदेशको उत्कृष्ट पालिका भई निकै चर्चित नगरले खरेलको दोस्रो कार्यकालमा दोस्रो उपलब्धिको रुपमा कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा रहेका अन्य नगरलाई उछिन्न सफल भएको छ । आर्थिक बर्ष २०७९/०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन नतिजा अनुसार ४१.७६ अंक सहित पाँचखाल पहिलो हुन सफल भएको हो ।

    जिल्लामा रहेको ६ नगरपालिका मध्य पर्यटकीय नगरीको रुपमा परिचित धुलिखेल नगरपालिकाले ३७.५३ अंक हासिल गरी दोस्रो स्थानमा रहेको छ । त्यसैगरी जिल्लाको पहिलो नगरको रुपमा परिचित बनेपा नगरपालिकाले ३७.५ अंक हासिल गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

    त्यसैगरी नमोबुद्ध नगरपालिकाले २८ अङ्क हासिल गर्दै चौथो ‚ आन्तरिक आम्दानीको राम्रो स्रोत रहेको पालिकामा परिचित मण्डनदेउपुर नगरपालिकाले २२.२८ अंक हासिल गर्दै नगर पालिकाहरू मध्य पाँचौ हुन सफल भएको छ भने ऐतिहासिक धरोहरको रुपमा परिचित पनौती नगरपालिकाले १८.८२ अङ्क मा चित्त बुझाउनु परेको छ । जिल्लामा रहेको १३ पालिका मध्य सबै भन्दा उत्कृष्ट रोशि गाउपालिका ४८.३९ अङ्क हासिल गरी जिल्लामा रहेको १३ पालिकालाई उछिन्न सफल भएको छ ।

    आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो । जसमा असार १० गते सम्ममा बजेट पेस गरे— नगरेको ‚ असार मसान्त भित्र बजेट पारित गरे —नगरेको ‚ आय व्ययको प्रक्षेपण पुस मसान्त भित्र गरे नगरेको ‚ बजेटको बाषिर्क समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे —नगरेको ‚ विनियोजित रकम अनुसार खर्चको व्यवस्था ‚ बेरुजुको अवस्था ‚ स्थानीय सञ्चित कोषको व्यवस्थापन प्रणाली सूत्रको प्रयोग गरे —नगरेको लगायतको सुचकहरुको आधारमा मूल्यांकन गरिएको थियो ।

    स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यो मूल्याङ्कनलाई स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धाको रुपमा समेत लिने गरिएको छ । जसको कारण नगरपालिका मध्य पाँचखाल नगरले प्रदेश सञ्चित कोषबाट उत्कृष्ट सहयोग हुने देखिन्छ भने पनौती नगरमा न्यून ढङ्गको सहयोग हुने देखिन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार