२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

बालमैत्री सहितको बालश्रम मुक्त पनौती नगर


३०६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित २ महिना अघि
  • पनौती / पनौती नगरका प्रमुख रामशरण भण्डारीले बालश्रम मुक्त नगर घोषणा गर्दैमा अभियान सकिदैन । बालश्रम गरिरहेकाको व्यवस्थापन गर्नु नै पहिलो कर्तव्य रहने बताउनु भयो ।

    बालश्रम निवारणको सन्दर्भमा पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रमको क्रममा नगर प्रमुख भण्डारीले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो — संस्कारी समाज निर्माण गर्दै बालबालिकाको क्षेत्रमा सुरुबाट लगानी गरियो भने उनीहरूको क्षेत्रमा नेतृत्व विकास साथै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

    अन्तरक्रिया कार्यक्रमको समापन गर्दै नगर प्रमुख भण्डारीले भन्नुभयो — हामिले यो आर्थिक वर्ष भित्रमा बालश्रम मुक्त नगर बनाउन सकेनौ भने असारमा बजेट निर्माण गर्दा समस्या रहन्छ । बिभिन्न २४ वटा स्थानीय तहमा बालश्रम मुक्त बनेको छ तर बालमैत्री सहितको बालश्रम निवारण पनौती पहिलो रहेको छ । आगामी दिनमा पनौती नगरले बालउद्यान सिकाइका रुपमा पनौती नगरलाई अगाडि बढाउनु पर्छ । विद्यालय छोडेर बसेका बालबालिकालाई नगरको तफर्बाट सीप सिकाउने विषयमा सोचेका छौं । १६ बर्स देखि १८ वर्षका बालबालिकालाई सीप सिकाएर मर्यादित जीवन बिताउन सक्ने नागरिक बनाउने छौं । प्रमुख भण्डारीले भन्नुभयो ।

    अन्तरक्रिया कार्यक्रममा नगरका उपप्रमुख गीता बञ्जाराले पनौती नगरलाई बालश्रम मुक्त नगरको रुपमा चिनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो विद्यालय छोडेर श्रम गर्न अग्रसर रहेका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्ने विषयमा नगरपालिकाले कार्य गर्दै आएको छ र सो कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

    कार्यक्रममा पत्रकारहरूले राखेको जिज्ञासालाई पनौती नगरका बालमैत्री शाखा प्रमुख केशव बञ्जाराले प्रस्ट्याउनु भएको थियो । साथै उहाँले आफ्नो प्रस्तुतिमा पनौतीमा रहेको बालश्रमको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । अन्तराष्ट्रिय श्रम सङ्गठनका पूर्व सल्लाहकार उद्धवराज पौडेलले आफ्नो प्रस्तुतिमा बालश्रममा बालक भन्दा बालिका बडी भएको जानकारी गराउनु भयो । त्यसैगरी वर्गीय रुपमा नियाल्दा दलित समुदायका बालबालिका बडी बालश्रममा सहभागि साथै नेवारी बर्गका बालकालिका बालश्रममा न्यून रहेको जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार