२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु


४३९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १७, बिहिबार मा प्रकाशित २ महिना अघि
  • रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा सप्ताहव्यापी खोप अभियान शुरु भएको हो ।

    बुधबार रोशी-७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर गाउपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुसहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेका छन । अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न बताएका छन । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गरेका छन । गाउँपालिका भित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उनले जानकारी दिए ।

    रोशी गाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशी गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी शाहले जानकारी दिए । अपुग भ्याक्सिन पशु सेवा कार्यालयले थप गर्ने र अझै अपुग भए गाउँपालिकाले खरिद गर्ने उनले बताए ।  गाभिनो भेडा बाख्रा र तीन महिना भन्दा कमको पाठापाठिलाइ भ्याक्सिन लगाउन नहुने उनले जानकारी दिए ।

    रोशी गाउपालिकामा १२ वटा वडा रहेको छ । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखाप्रमुख शाहले जानकारी दिए ।  प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उनले जानकारी दिए ।
    खोप अभियान फागुन १६ गतेबाट सुरु भएर २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेक बर्ष गर्दै आएको आयोजकले जनाएका छन ।

    के हो पिपिआर रोग
    पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ । नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
    नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

    कसरी चिन्ने पिपिआर ?
    शाहका अनुसार यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा र्‍याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
    यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान र्‍याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।

    पिपिआरबाट कसरी बचाउने ?
    पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
    एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
    चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।

    रोकथाम तथा नियन्त्रण
    रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।
    नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्नुपर्छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार