२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

चौंरीदेउरालीमा ‘पाँचौ अध्यक्ष गोल्ड प्रतियोगिता’ हुँदै


६२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • चौंरीदेउराली/ काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय ‘पाँचौ अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८०’ हुने भएको छ । वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार प्रतियोगिता फागुन २९ गतेदेखि शुरु हुने भएको छ ।

    गाउँपालिकाको आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको वडा अध्यक्ष चौंलागाईंले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवं आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवं बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागि हुने छ ।

    यस्तो छ खेल सञ्चालन कार्यतालिकाः

    स्थानः काफ्ले खेल मैदान, चौंरीदेउराली गाउँपालिका वडा नं. ३
    खेल उद्घाटनः मिति २०८०।११।२९ गते
    खेल सञ्चालन अवधिः मिति २०८०।११।२९ गतेदेखि २०८०।१२।०१ गतेसम्म
    समापनः मिति २०८०।१२।०१ गते
    टिम दर्ता मितिः मिति २०८०/११/२७ गते १७ः०० बजेसम्म
    टिम दर्ता स्थानः शिक्षा, युवा तथा खेलकुद शाखा, चौंरीदेउराली गाउँपालिकाको कार्यालय

    यसरी गर्न सकिन्छ टिम दर्ता

    क. प्रतियोगितामा सहभागी टिम छनौट गरी वडाको सिफारिस पत्र सहित सहभागी गराउनु पर्नेछ ।
    ख. खेलाडी तथा प्रशिक्षकको नागरिकता प्रमाणपत्र र परिचय पत्र खुल्ने सरकारी कागजातको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ प्रति सिफारिस पत्र साथ संलग्न हुनु पर्नेछ ।
    ग. प्रत्येक टिममा १८ जना खेलाडी १ जना प्रशिक्षक सहित १९ जना सहभागी गराउनु पर्नेछ ।
    घ. खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदा खेलाडी पोसाकमा हुनुपर्नेछ ।
    ङ. खेलाडी तथा सहभागीहरुले खाना, बास तथा यातायात लगायतको अन्य व्यवस्था आफै गर्नुपर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार