२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

चौंरीदेउरालीका ५ वटा विद्यालयले पाय तीन तारा


३२७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका ५ वटा विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गरिएको छ । सो विद्यालयहरुले खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्डका १० सूचकहरु पूरा गरेपछि शुक्रबार प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न ढकालले एक समारोहका बीच घोषणा गरेका हुन् ।

    विद्यालयहरुलाई ‘थ्री स्टार’ बनाउन वाटरएडको सहयोगमा, सिविक फोरमको साझेदारी र चौरीदेउराली गाउँपालिकाको समन्वयमा गाउँपालिका भित्रका ३३ वटा विद्यालयमा ‘भविष्यको लागि आधार’ परियोजना सञ्चालन भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री ढकालले ‘थ्री स्टार’ घोषित विद्यालयहरुलाई बधाइ दिँदै यसले शैक्षिक उपलब्धिमा ठूलो टेवा पुग्नेमा विस्वास व्यक्त गरे ।

    प्रदेश सरकारले गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्न लागेको बताए । अब विद्यालयको भवन निर्माण, घेराबार लगायतका विषयमा लगानी नगर्ने बरु विद्यालयहरुलाई आवासीय बनाउने बताए । टाढा टाढाका विद्यार्थीहरुलाई समेत एकैठाउँमा पढ्ने वातावरण बनाउन गाडीको व्यवस्था गर्ने बताए ।

    कुन कुन विद्यालय ‘थ्री स्टार’ घोषित ?

    गाउँपालिकाका ३३ विद्यालयहरु मध्ये ५ वटा विद्यालयले मात्र ‘थ्री स्टार’ घोषित हुन सफल भएका छन् । पाँचै वटा विद्यालय माध्यमिक स्तरका विद्यालयहरु रहेका छन् ।

    ‘थ्री स्टार’ घोषित विद्यालयहरुमा वडा नं. ५ को श्री अरनिको मावि र श्री जागृति मावि, वडा नं. ३ को श्री बुद्धहिमालय मावि, वडा नं. को श्री सृजनाशिल जनता मावि, वडा नं. ६ का श्री प्रभा माबि रहेका छन् ।

    पाँचै वटा विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्डका १० सूचकहरु पूरा गरेको परियोजनाका सन्त्वना कार्कीले जानकारी दिए ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, शिक्षा बिकास तथा समन्वय इकाइ कभ्रेकाका प्रमुख देवका ढकाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नं. ८ का वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर तामाङ, बुद्ध हिमालय माबिका प्रधानाध्यापक राजु चौलागाईं, सिर्जनाशिल जनता माविक प्रधानाध्यापक राजिव लामा, श्री अरनिको मबिका प्रधानाध्यापक बलराम चौलागाईं, प्रभा माविका प्रधानाध्यापक क्षितिज सुब्बा, वाटरएड नेपालको वरिष्ठ परियोजना संयोजक प्रमिता महर्जन, शिक्षा शाखा प्रमुख टोपप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ४ नं. वडा अध्यक्ष रामप्रसाद चौलागाईं, ५ नं. वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, विभिन्न विद्यालयहरुका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरु, विद्यार्थीहरु र अभिभावकहरुको सहभागी थियो ।

    नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको, दिगो विकास लक्ष्य नं. ४ र ६ अन्तर्गत सबै विद्यालयहरूमा सुरक्षित तवरले व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकहरु तोकिएको विद्यालय क्षेत्र विकास योजना (वि.सं. २०७३ (२०८०) ले गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण अवयव अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्वपूर्ण पक्षको रूपमा लिएको छ । सबै विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवद्र्धन गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार गर्न यो सबै विद्यालय ‘थ्री स्टार’ घोषणा गर्न आवश्यक रहेको सिविक फोरम प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताए ।

    सिविक फोरम प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीले गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार