२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

१२ घरमा आगलागी हुँदा झण्डै २ करोडको क्षती


५९८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • रामेछाप .जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको अगालागीबाट रु एक करोड ८६ लाख ३१ बरावरको क्षति भएको छ ।

    आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो ।

    आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार