२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेपलाञ्चोमा आगलागी, घाईतेको अवस्था गम्भीर


९३८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको महाँभारत गाउँपालिका वडा नं २ मुलडाडा निवासि सञ्चार घिसिङको घरमा आगलागि हुँदा १ लाख ५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घिसिङको ढुङ्गा माटोको गारो र जस्ताले छाएको, पाली खरले छाएको १ तल्ले घरमा अकास्मत आगोलागि हुँदा घर र घर भित्र रहेको लत्ता कपडा, अन्नपात , फर्निचर सामान, भाँडाकुँडा र नगद समेत गरी १ लाख ५ हजार क्षती भएको छ ।

    घरधनी घिसिङ आगोलागि हुँदा सामान झिक्न जाने क्रममा उक्त आगोले जलि घाईते भएको र अवस्था गम्भिर रहेको जनाएको छ । घाईते घिसिङलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । उक्त आगोलागि स्थानियको सहयोगमा शनिवार राती ८÷३० मा नियन्त्रणमा आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार