२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

पाँचखालमा घरेलु मदिरा बनाउने मर्चा नष्ट


१८७९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ लामिडाँडामा घरेलु मदिरा वनाउन प्रयोग गरीने मर्चा नष्ट गरेको छ ।

    अरनिको राजमार्ग स्थित लामिडाँडामा प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलिले चेकिङ्ग गर्ने क्रममा बा.प्र. ०१–००४ क १५४६ नं. को आईचरमा चेकजाँच गर्दा अवैध रुपमा लैजान लागेको १५ बट्टा कार्टुन भित्र १ हजार २ सय वटा घरेलु मदिरा बनाउने कच्चापदार्थ (मर्चा ) नियन्त्रणमा लिएको थियो ।

    नियन्त्रणमा लिएको मर्चा आज ( आईतवार) जिल्ला समन्वय समितिका सदस्य तथा पाँचखाल नगरपालिका वडा नं. ४ का वडा सदस्य निर बहादुर लामा र स्थानिय समाजसेवी बुद्धिजिवीहरुको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार