२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पाँचखाल नगरको १३ औं अधिवेशन  सम्पन्न‚ सामुदायिक बनलाई नगरको प्रमुख आय स्रोत बनाउँछौं —खरेल


९६७३ पाठक संख्या
  • २०८० अषाढ ३०, शनिबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरलेे  ०८०—०८१ को बजेट पारित भएको छ । नगरका उपप्रमुख सुर्य मायाँ दनुवारले ७९ करोड ९३ लाख ९८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

    नगर सभामा नगरका प्रमुख महेश खरेलले भन्नुभयो —मुलुकमा भएको आर्थिक सङ्कटले गर्दा पाँचखाल नगर पनि अछुत रहेन‚ मैले यस्तो आर्थिक संकट होला भन्ने सोचेको पनि थिइन । मेरो नेतृत्वमा ७ पटक बजेट प्रस्तुत भयो मलाई पहिलो पटक आर्थिक अभावको महसुस भएको छ तर आर्थिक अभावको कारण पाँचखाल नगर आत्तिनु पर्ने अवस्था छैन । हामीसँग भएका स्रोत र प्रदेश तथा सङ्घबाट प्राप्त बजेटलाई राम्रोसँग परिचालन गर्दा जनतासमक्ष सकारात्मक सन्देश सुनिश्चित छ ।

    आर्थिक अभावको कारण नगरवासीको चाहना अनुसार साथै जनप्रतिनिधिहरूले चाहे अनुसारको विकास निर्माणमा बजेट विनियोजन गर्न सकेका छैनौ तर पनि निरास हुनु पर्ने अवस्था छैन । नगरले आन्तरिक आम्दानीको स्रोतको पहिचान गरेर अगाडि बढेको छ । नगरमा रहेको सामुदायिक वनहरूलाई आन्तरिक स्रोतको रुपमा विकास गर्ने बताउनु भयो । बन क्षेत्रमा फलफूलका बिरुवाहरू रोपेर राम्रो आम्दानी गर्ने तयारीका साथ कार्य सुरु गरेको नगर प्रमुख खरेलले बताउनु भयो ।

    नगरसभामा उपप्रमुख दनुवारले प्रस्तुत गरको बजेटमा वडाहहरुलाई ३५ लाखको दरले समान सिलिङ्ग निर्धारण गरिएको छ । त्यसैगरी नगर स्तरीय वडा तफर् योजनमा सबैभन्दा बडी वडा नं १२ र सबैभन्दा कम वडा नं ७ मा रहेको छ । जसमा वडा नं १ मा ६० लाख ‚ २ मा ६५ लाख‚ ३ मा ६० लाख ‚ ४ मा ६० लाख ‚ ५ मा ६० लाख ‚ ६ मा ७७ लाख ‚ ७ मा ५० लाख ‚ ८ मा ६० लाख ‚ ९ मा ७५ लाख ‚ १० मा ७२ लाख ११ मा ५३ लाख ‚ १२ मा ८८ लाख ‚ १३ मा ७५ लाख बजेट बिनियोजन भएको छ ।

    त्यसैगरी विषयगत शाखा    हरूमा प्रशासन शाखा ११ लाख ‚ राजश्व शाखा ७ लाख ‚ न्यायिक समिति ९ लाख ‚ सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा ३ लाख ‚    कृषि तथा सहकारी     ७५ लाख ‚    प्राविधिक पूर्वाधार विकास शाखा १७ लाख ५० हजार ‚सूचना प्रविधि शाखा १५ लाख ‚लघु उद्यम विकास शाखा १२ लाख ‚ वन वातावरण तथा विपद् व्यवस्थापन शाखा    १३ लाख ‚ स्वास्थ्य शाखा ८९ लाख ५० हजार ‚ पशु पन्छी विकास शाखा २५ लाख ‚ महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा १५ लाख ५० हजार ‚ हरित बसोबास योग्य सहरी विकास आयोजना ३६ लाख ५६ हजार ५ सय ‚    आयुर्वेद शाखा ४ लाख ‚    शिक्षा युवा तथा खेलकुद शाखा    १६९११५००  रहेको छ ।

    बजेटको स्रोत तफर् नेपाल सरकार सशर्त अनुदान    २८ करोड १८ लाख ‚ नेपाल सरकार विशेष अनुदान पुँजीगत ५५ लाख ‚ नेपाल सरकार समपूरक अनुदान पुँजीगत ७० लाख ‚प्रदेश सरकार सशर्त अनुदान १ करोड ७५ लाख ९८ हजार ‚ प्रदेश सरकार विशेष अनुदान ६० लाख ‚ सडक बोर्ड    ४० लाख ‚ बाँडफाँड नहुने (जम्मा)    ३२ लाख  १८ लाख ९८ हजार ‚नेपाल सरकार राजश्व बाँडफाँड १० करोड ४ लाख २६ हजार ‚ नेपाल सरकार समानीकरण अनुदान १२ करोड २६ लाख ‚ प्रदेश सरकार समानीकरण अनुदान १ करोड २७ लाख १८ हजार ‚प्रदेश सरकार राजश्व बाँडफाँड    ड ८ करोड २१ लाख १३ हजार ४४७ ‚अ ल्या समेत २ करोड ४२ हजार ५५३ ‚ आन्तरिक स्रोत ४ करोड ‚ विविध स्रोत    ९ करोड ९६ लाख ‚बाँडफाँड योग्य (जम्मा) ४७ करोड ७५ लाख ‚ कुल बजेट    ७९ करोड ९३ लाख ९८ हजार रहेको छ ।

    पाँचखाल नगरसभाले पाँचखाल नगरलाई प्लास्टिक मुक्त नगर घोषणको तयारी गर्दै बजेटको व्यवस्था गरेको छ । जसले गर्दा कृषि नगरको वातावरण संरक्षणमा टेवा पुग्ने भएको छ । त्यसैगरी स्वच्छ पाँचखाल बनाउने लक्ष का अगाडि बढ्दै दिसा जन्य लेदो पदार्थलाई व्यवस्थापन गर्न मेसिन खरिदको लागि बजेटको व्यवस्थापन गरेको छ । त्यसैगरी आगलागीबाट धनजनको क्षति हुन नदिनको लागि दमकल खरिदको लागि बजेटको व्यवस्था गरिएको छ । जसको कारण पाँचखालमा दुई दमकल रहने एउटा शसस्त्र प्रहरीको ब्यारेकमा र अर्को नेपाली सेनाको ब्यारेक लामिडाँडामा रहने भएको छ ।

    नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम समेतको कर्मचारीहरू र नगरका प्रमुख उपप्रमुख सहितका जनप्रतिनिधिहरूले नगरको हितको लागि धेरै मेहनत साथै दीर्घकालिक सोचका साथ गरिएको बजेट विनियोजनका बारेमा विवाद रहित ढंगबाट पारित भएको थियो ।

    बजेट विनियोजनमा घाटा बजेट बनाएको बारेमा प्रमुख प्रशासकीय अधिकृत गौतमसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो — झट्ट हेर्दा बिबिध स्रोत घाटा जस्तो देखिएपनि सो परिपूर्ति हुन्छ । हामीसँग २ करोड मौजात छ ‚ विकास निर्माणको कार्यहरू टेन्डर माफर्त हुन्छ जसमा घटाघटबाट रकम जोगिन्छ साथै अन्य राजस्व आम्दानीको स्रोतले गर्दा समस्या नरहने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार