२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

विमानस्थलमा बरामद सुन झण्डै सय किलो, तिन लाई प्रहरीले झ्याप


७७२३ पाठक संख्या
  • २०८० श्रावण ४, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • काठमाडौं – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

    विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

    विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनको भनाइ छ ।

    सुन हङ्कङबाट आएको खुलेको विभागका महानिर्देशक ढुंगानाले प्रष्ट पारेका छन् । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार