२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

काभ्रेपलाञ्चोकमा उत्कृष्ट विद्यार्थी, ठेकेदार र अपरेटरलाई सम्मान, ६० वर्ष नाघेका स्वयसेविकालाई नगदसहित विदाई


९२५७ पाठक संख्या
  • २०८० श्रावण ५, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी भेग डाँडापारि क्षेत्र अवस्थित् खानीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसँगै उत्कृष्ट ठेकेदार र अपरेटरलाई सम्मान गरेका छन् । गाउँपालिकाले एक कार्यक्रमबिच उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीसँगै आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट काम गर्ने ठेकेदार र अपरेटरलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

    खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले शैक्षिक गुणस्तरमा सुधारसँगै वृद्धि होस्, उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन मिलोस र एसईईको तयारीमा रहेको विद्यार्थीमा हौसला मिलोस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको बताए । उनले विज्ञान, शिक्षा, प्राविधिक जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने सुझाव दिदै सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिए ।

    गाउँपालिाका उपाध्यक्ष दोजेमान जिम्बाका अनुसार उत्कृष्ट अंक ल्याउने जनविकास माविकी प्राश्ना तिमसिल्ना, कुमारी माविका पासाङ योञ्जन र शारदा माविका सुजन वि.क.लाई सम्मान गरेका छन् । एसईईमा प्राश्नाले ३.४५ जिपिए ल्याएकी छन् । उनले गाउँपालिकाभरमै उत्कृष्ट नतिजा ल्याएकी हुन् । त्यस्तै पासाङ र सुजनले समान ३.३५ जीपीए ल्याएका छन् । खानीखोला गाउँपालिकामा ८ वटा मावि रहेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत भुजेलले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व रहेकाले अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका ३ विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रति व्यक्ति ५ हजार रुपैँया प्रदान गरेसँगै आमामी दिनमा समेत आवश्यक सहयोग गर्ने गाउँपालिकाले जनाइएको छ ।

    त्यस्तै गाउँपालिकाले आ.व. २०७९/०८० मा उत्कृष्ट काम गरेबापत दुई कम्पनीका ठेकेदार सम्मानित भएका छन् । जसमा सम्मानित हुनेमा त्रिवेणी–कोदोखोरीया–देउराली सडक खण्डमा काम गरेका जिडिपी कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी पेमा दोर्जे शेर्पा र ताल्ढुंगा–सक्रेदोभान सडक खण्डमा काम गरेका सुस्मा कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी मुकुन्दप्रसाद गौतम सम्मान गरेको छ ।

    त्यसैगरी खानीखोला करिडोर योजनामा उत्कृष्ट काम गरेका अपरेटर अम्मर श्रेष्ठ र रोशन गोले सम्मानित भएका छन् । श्रेष्ठले ताल्ढुंगा–सक्रेदोभान सडक खण्ड र गोलेले स्यार्ते–जन्ते सडक खण्डको अत्यन्तै जटिल भीर रहेको ठाउँमा नयाँ ट्रयाक् खोल्ने काम गरेका थिए । सम्मानित विद्यार्थी, ठेकेदार र अपरेटरलाई गाउँपालिका अध्यक्ष थिङले कदरपत्र, उपाध्यक्ष जिम्बाले दोसल्ला र प्रमुख प्रशासकीय अधिकृत भुजेलले अविर लगाएर सम्मान गरेका थिए ।

    गाउँपालिका अध्यक्ष थिङले गाउँपालिकाले लिएको लक्ष्य प्राप्तीमा पालिकाको गौरवको आयोजनाहरुमध्ये उत्कृष्ट काम गर्न सफल रहेबापत ठेकेदार र अपरेटरलाई सम्मान गरेको बताए । उनीहरुले तोकिएको समयसीमाभित्र मापदण्डमा रहेर उत्कृष्ट काम गरेको उनको भनाई छ । उपाध्यक्ष जिम्बाले यस्तो खालको सम्मानले आमागी वर्षहरुमा ठेकेदार र अपरेटरलाई अझ राम्रोसँग काम गर्नु पर्छ भन्ने जिम्मेवारी बोधसँगै हौसला मिल्ने विश्वास व्यक्त गरे ।

    गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णुबहादुर अधिकारीले उच्च शिक्षाको लागि गाउँपालिका बाहिर हुँदा सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका विद्यार्थीको नगदसहितको पदर पत्र आदि उनका अभिभावक तथा विद्यालयका प्रधानध्यापक वा सम्बन्धित वडाको वडा अध्यक्षमार्फत् पु¥याउने गरी हस्तान्तरण गरिएको जानकारी दिए ।

    त्यसैगरी गाउँपालिकाले ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंम सेविकालाई समेत सो अवसरमा विदाई गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामपुकार यादवले सरकारले तोकिएको उमेरहद नाघेका १० जना महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मानजनक रुपमा विदाई गरेको बताए ।

    उनका अनुसार गाउँपालिकाका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बाले उनीहरुलाई जनही नगद १० हजार रुपैँयासहित प्रमाणपत्र र दोसल्ला ओढाएर विदाई गरेका हुन् । जसमा खानीखोला–२ की उर्मिला वाईबा, वडा नं. ३ की सरीमाया थापा मगर, माकूमाया घिसिङ र सुन्दरीमाया थिङ रहेको छ ।
    त्यस्तै वडा नं. ५ की दिलकुमारी आचार्य र पासाङ डोल्मा, वडा नंं. ६ का राममाया भोलन, राममाया गोले र ङन मायासँगै वडा नं. ७ की सुमती मोक्तान रहेका छन् । महिला स्वास्थ्य स्वयंम सेविकाहरुले गाउँपालिकाकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको सदैव सम्मान हुनुको साथै सम्झिरहने गाउँपालिकाले जनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार