२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मेयर खरेल राजमार्ग विस्तार अभियानमा‚ तीन दर्जनको ज्यान गुमेको सडक फराकिलो हुने ( भिडियो सहित )


२६९६३ पाठक संख्या
  • २०८० श्रावण ८, सोमबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजार ( अरनिको राजमार्ग खण्ड ४० किलोमिटर ) मा सडक साँघुरो भएको कारण दुर्घटना ग्रस्त स्थानको रुपमा विगत लामो समयदेखि चर्चित हुँदै आयो । तीन दशक अगाडि बाट धेरैले भन्ने गरे यो साँघुरो सडक फराकिलो पार्न लागि रहेका छौं ।

    जव सडक दुर्घटनामा मृत्यु हुन्छ ‚ मृतकका परिवारलाई भेटघाट गर्ने क्रममा धेरै नेताहरूको पहिलो शब्द नै यो सडक अव विस्तार गर्छौ ‚ यसो भन्दै गर्दा झण्डै तीन दर्जनको ज्यान गयो कयौं घाईते । बल्ल अव सडक बिस्तार हुने भयो आगामी दिनमा साँघुरो सडककै कारण दुर्घटना भएर कसैले पनि ज्यान गुमाउन नपर्ला ।

    अरनिको राजमार्ग सडक केन्द्र विन्दुबाट २५/२५ मिटर दायाँ बायाँ सडक ऐनको आधारमा लगत कट्टा भइसकेको छ । तर सडक मापदण्ड अनुसार तत्कालै सडक बिस्तार नहुने भएकोले हाललाई दायाँ बायाँ १५ मिटर कायम गरिएको छ । मुलुकमा राजनीतिक परिवर्तनको खातिर झण्डै दुई दशक सम्म स्थानीय तह जनप्रतिनिधि बिहिन बन्न पुग्यो । लामो समय पछिको पाँचखाल नगरको पहिलो सरकार ( महेश खरेल नेतृत्वको सरकार ) ले कार्यपालिका बैठकबाट तत्कालको लागि दायाँ बायाँ १५ मिटर कायम गरी बजार क्षेत्रमा बसोवास गर्नेहरूका लागि राहत प्रदान गरियो । जुन कार्यलाई नगरवासीले नगरवासीको हितको खातिर कार्य गरेको भन्दै स्वागत योज्ञ कार्यको संज्ञा दिएका थिए ।

    नगर कार्यपालिकाको निर्णय अनुसार सडक केन्द्र बाट १५ मिटर छाडेर अस्थाई संरचनाहरू निर्माण भए भने २५ मिटर छाडेर स्थाई संरचना निर्माण हुँदा बजार क्षेत्रको सौन्दर्यले पाँचखाललाई थप सकारात्मक परिचयको लागि टेवा मिल्यो । स्थानीय सरकारले डिभिजन सडक कार्यालयसँग समन्वय गर्दै अति आवश्यक स्थानहरूमा सडक स्तर उन्नति तथा मोड कटिङको लागि सहकार्य साथै पहल गर्दै अगाडि बढ्ने क्रम निरन्तर रुपमा रहंदै आयो ।

    साँघुरो सडक विस्तार साथै सम्भाव्यता दुर्घटना युक्त स्थानहरूमा थप दुर्घटना हुन नदिनको लागि पाँचखाल नगरका मेयर महेश खरेलको नेतृत्वमा उपमेयर सूर्य माया दनुवार‚ वडा अध्यक्ष राम शरण दुलाल समेतको पहलमा ( अरनिको राजमार्ग सुरु भए यताको सबै भन्दा बडी दुर्घटना हुने स्थान ) तिनपिप्ले बजारको मोड काट्दै सडक फराकिलो लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय सडक डिभिजन कार्यालय भक्तपुरबाट बजेट बिनियोजन गरी कार्यलाई अगाडि बढाएको छ ।

    सडक डिभिजन कार्यालय भक्तपुरले २०८० असार २१ गते पत्र लेख्दै तिनपिप्ले बजारमा सडक अतिक्रमण गरी निर्माण भएका घर तथा टहराहरू हटाउनको लागि पाँचखाल नगरलाई पत्राचार गरेको थियो । सोही आधारमा पाँचखाल नगरपालिका वडा नं ६ बाट साउन १ गते ७ दिने सूचना जारी गर्दै घर टहरा हटाउन अनुरोध गरेको थियो । सूचनाको म्याद सकिएको दिन आज (सोमबार) पाँचखाल नगरका मेयर महेश खरेलको नेतृत्वमा डोजरका साथमा आएका टोलीले सांकेतिक रुपमा घर तथा टहराहरू भत्काउन सुरु गरिएको छ ।

    नगरको तफर्बाट सूचना जारी भए लगतै सडक मापदण्डमा रहेका घर धनीहरूले सम्बन्धित वडा कार्यालयमा १५ मिटर मापदण्ड घटाउनको लागि छलफलमा जुटेका थिए । वडामा भएको छलफलबाट निचोड निक्लन नसक्दा पाँचखाल सरकार प्रमुख महेश खरेलसँग छलफल भएको थियो । सौहार्द ढङ्गको छलफलबाट तत्काल २५ मिटर खाली गर्नु भन्दा आवश्यकताको आधारमा १५ मिटर खाली गर्दै जाने सहमति अनुसार घर धनीहरूले घर टहराहरू हटाउन सुरु गरेका थिए ।

    साँघुरो घुम्ती सडक पैदल यात्रुको लागि मार्ग नहुनु साथै सोही स्थानबाट शाखा सडक तफर् जानुपर्ने भएकोले जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था लामो प्रतिक्षा पश्चात मुक्त भएको छ । जसका कारण बजारको सौन्दर्य हुने भएको छ । यस्तो सकारात्मक कार्य गर्नको लागि पहल गर्दै अगाडि बढेका मेयर खरेललाई लक्षित गर्दै स्थानीयले भन्ने गरेका छन् ३० वर्ष सम्म अरुले भनेर सुनाए मेयर खरेलले गरेर देखाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार