२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

विकासको साझेदारको रुपमा सहकारीलाई लिएका छौं—खरेल


११५१९ पाठक संख्या
  • २०८० श्रावण ११, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नगरमा रहेका सहकारी नगरको विकास निर्माणमा साझेदारीको रुपमा रहेको बताउनु भयो ।

    पाँचखाल नगरको आयोजनामा नगरमा रहेका सहकारीका सञ्चालकहरूसँग भएको एक दिने अन्तरक्रिया कार्यक्रमको अवसरमा नगर प्रमुख खरेलले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले नगरमा रहेका सहकारीबारेको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्ने बताउनु भयो । सहकारीका सञ्चालक वा परिवारले संस्थाको रकम कति चलाएका छन् ? सो विषय प्रमुख भएको उहाँको तर्क थियो । सहकारीलाई सुदृढ र बलियो बनाउने विषय साथै बचतकर्ताहरूको हितको लागि नगरले भूमिका निर्वाह गर्ने बताउनु भयो ।

    कार्यक्रममा नरका उपप्रमुख सूर्य माया दनुवारले नगरले कार्यदल बनाएर सहकारीबारेको अनुगमन गर्ने बताउनु भयो । वृद्ध भत्ताको पैसा समेत सहकारीमा बचत हुन्छ तर केही सहकारीले शेयर सदस्यको बचत पोको पारेर भाग्नुले वृद्ध वृद्धाको गाँस काटिएको बताउनु भयो । बचतकर्ताहरूको हित साथै सबल ढंगबाट सहकारी सञ्चालनको लागि नगरको तफर्बाट खेल्नुपर्ने भूमिकामा कमी नहुने बताउनु भयो ।

    त्यसैगरी नगरका प्रमुख प्रसाशकीय अधिकृत सूर्य प्रसाद गौतमले विगतमा सञ्चालनमा रहेका र पछिल्लो समयमा अद्यावधिक हुन नसकेका सहकारीको अवस्था नगरले निगरानीमा राखेको बताउनु भयो । बाषिर्क कार्यक्रम साथै लगानी र अन्य कार्यक्रमको विषयमा समेत कुनै जानकारी नगराएको सहकारी समेत रहेको बताउनु भयो ।

    संस्था दर्ता भएपछि त्यसका विधि र विधानमा टेकेर संस्था अगाडि बढ्नु पर्दछ । जन्माउन सजिलो हुन्छ ‚ बढाउन ‚ हुर्काउन ‚ स्वच्छ पार्न अलि गारो विषय हो । त्यसैले पनि संस्था जन्माउन गारो थिएन सहज ढंगबाट सञ्चालन गर्नु केही कठिन रहन्छ । नगरमा रहेका ४/५ वटा सहकारी केही अप्ठेरोमा परेको देखिन्छ— सञ्चालकहरु सम्पर्कमा हुनुहुन्न साथै ऋण लिनेहरु फरार बचतकर्ताहरूले खोजी कार्य गर्दै गर्दा नभेटिएको गुनासो आएको बताउनु भयो । त्यस्ता सहकारीसंग बसेर छलफल गर्छौ जलबाट समस्या समाधान नभएका कानुनी कारवाहीको लागि सिफारिस गर्ने बताउनु भयो ।

    कृषि प्राविधिक सुगम भेटवालले सञ्चालन गरेको उक्त पाँचखाल नगरद्वारा आयोजित कार्यक्रममा पाँचखाल नगर कृषि तथा सहकारी शाखा प्रमुख सुदर्शन बोलखेले कार्यक्रमको बारेमा जानकारी गराई सुरु भएको कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटा ‚ आय आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा ‚ बिन्धवासिनी सहकारी संस्थाका दिनेश अधिकारी ‚ मनकामना सहकारी संस्थाका चतुर्भुज तिमल्सिना ‚ बुडोल सामुदायिक सहकारी संस्थाका जयराम थापा ‚ प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका शुभ अधिकारी लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार