२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

३२ सिटे पार्टी सत्ताको लोभमा सरकारमा सहभागी भएको हैन,सुशासनको लागी हो-श्रेष्ठ


१३५९९ पाठक संख्या
  • २०८० भाद्र १०, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ३२ सिटै पार्टी सत्ताको लोभमा सरकारमा सहभागी भएको हैन, सुशासनको लागी हो-श्रेष्ठ

    काभ्रेपलाञ्चोक। जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान ” जनजनमा माओवादी, घरघरमा माओवादी” अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगर समितिले विस्तारित बैठक आज (आइतबार) पाँचखाल नगरपालिका वडा न ६ स्थित जनजाति हल लामिडाँडामा सम्पन्न भएको छ ।

    नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितका अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य चेत प्रसाद गौतम (मणि ) को अध्यक्षतामा सम्पन्न विस्तारित बैठकका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।बैठकले आगामी ३ महिने अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूका बारेमा छलफल गर्दै आगामी योजना समेत तयार गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी पार्टी केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो -नेकपा एमालेको नीति र विधिका कारण जनतामा जान सकेका छैनन् । हामी ३२ सिटे पार्टीले सत्ताको लोभमा सरकारमा गएको हैन , जनताको शु साषणको लागि सरकारमा सहभागि भएको बताउनु भयो । विगतमा यो मुलुक भस्मासुरले चलाएका कारण उनीहरूले गर्दा माओवादीमा पनि थोरै छिटा नलागेको हैन । पार्टीमा लागेको छिटा पुछ्नको लागि तिन महिने अभियान चलाएको बताउनु भयो ।

    माओवादिले कुनैपनि कमिकमजोरी गरेको छैन, धेरै राम्रा कार्यहरु गरेका छौ जुन कुराको जानकारी जनता समक्ष पुर्याउनु पर्ने भएकोले अभियान चलाएको हो , प्रमुख अतिथि श्रेष्ठले वताउनु भयो । ‘यतिखेर वागको छालामा स्यालको रजाइ भएको छ ,माओवादिले १० बर्ष जनयुद्द सञ्चालन गरेर हासिल गरेको उपलब्धिमा अन्य दलले जस लिन खोज्नु राम्रो हैन । ०८४ मा माओवादिले राम्रो उपलब्धि हासिल गर्न सकेन भने जनताको अधिकारको रक्षा हुन सक्दैन ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य, काभ्रे जिल्ला कमिटी सचिव एवम् तिन महिने अभियानका अभियन्ता देवलाल घिसिङले भन्नुभयो -माओवादीले राजतन्त्र उखेल्छौ भन्दै जनयुद्ध सुरु गर्दा कसले विश्वास गरेका थियो ? त्यस्तै हाल भ्रष्टाचारीको फाइल खोल्दै गर्दा पनि विश्वास नगर्नु नौलो हैन । निरन्तर रुपमा पार्टी अगाडि बढ्दै गर्दा नेपाली जनताको हितको लागि कार्य गर्न सफल भएका छौ । श्रमजीवी वर्गलाई गरेको दमनको विरुद्धमा पार्टी अगाडि बढेको बताउनु भयो ।राज्यले थोपरेको हिस्साको सदाको अन्त्यको लागि निरन्तर रुपमा पार्टी अगाडि बढेको छ ।मुलुक सङ्घीयतामा अगि बढिरहेको अवस्थामा जनतालाई करको भारी थोपर्ने षड्यन्त्रको विरुद्धमा पार्टी निरन्तर अगाडि बढ्ने बताउनु भयो । भ्रष्टाचारीलाइ कारवाही गर्ने क्रममा पार्टीले पक्षपात गर्दैन, देश र जनताको हित विपरित कार्य गर्ने माओवादी नै भएपनि नछाडिने बताउनु भयो ।

    कार्यक्रमम माओवादि केन्द्र वागमती प्रदेश सदस्य सरस्वति लामाले जनताको हितको निम्ति निरन्तर लडिरहन तयार रहेको वताउनु भयो ।पछिल्लो समयमा हामि निदायकोले पार्टीको अवस्था खस्केको वताउनु भयो ।पार्टी हितको लागि गोरु, गधा हुन तयार रहेको वताउनु भयो । जनयुद्दमा पनि मैले यहि स्थानमा रहेर कार्य गरे मेरो माइति गाउपनि हो, म खुसिका साथ अभियानमा जुट्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य विष्णु मिजारले बामपन्थीको किल्लाको रुपमा रहेको पाँचखालमा विगतमा भएका कार्यकर्ता निरास हुनुको कारणको खोजी गर्न जरुरी छ ।यस क्षेत्रका अग्रजहरू निराशा हुनुको प्रमुख कारण नै पार्टीको अवस्था खस्केको बताउनु भयो । सम्विधानको रक्षाको लागि अन्य पार्टीसँग मिल्दा केही समस्या रहेको बताउँदै हामी निरास र हरेस नखाऊ हामी पार्टीलाई उकास्न सिकने ठोकुवा गर्नुभयो ।हाम्रो पार्टीको तीन महिने अभियानले पार्टीलाई मजबुत बनाउन सक्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगर समिति अध्यक्ष गौतमले पार्टीको तिन महिने अभियान अन्तरगत कार्यको लागी पार्टीले खेल्नुपर्ने भूमिका साथै कार्यविभाजनको बारेमा प्रस्ताव पेस गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नारायण ढकालले केन्द्रिय सर्कुलर र काभ्रे जिल्ला पार्टीले जारीगरेको परिपत्र वाचन गर्नु भयो ।पाँचखाल नगर समितिका सचिव रामगोपाल भुजेलद्वारा सञ्चालित उक्त कार्यक्रम मा नगर समित उपाध्यक्ष एवम् जिल्ला सदस्य सरिता तामाङ (शाही) ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार