२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

जनतालाई आतंङ्कित पार्ने कार्य बन्द गर्न एमालेको माग


१७०५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा पर्ने अरनिको राजमार्ग खण्डमा एकै प्रकारको मापदण्ड कायम गर्नको लागि नेकपा एमाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पाँचखाल नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

    एमाले पाँचखाल नगरकमिटीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ—अरनिको राजमार्ग सडक सिमानामा पर्ने अस्थाई घर टहरा हटाउने वा निर्माण गर्ने कार्यको लागि फरक फरक मितिमा भिन्न—भिन्न ढंगको सुचना जारी नगरवासीमा भ्रम फैलाउनाको साथै नगरवासिलाई आतंङ्कित पारेको र सो कार्य बन्द गर्न साथै राष्ट्रिय राजमार्गको ऐन अनुसारको एकै किसिमको मापदण्डको लागि विज्ञप्ति माफर्त नगरपालिका समक्ष ध्यानाकर्षण गराएको छ ।

    अरनिको राजमार्ग सडक ऐन अनुसार दायाँ वाँया २५/२५ मिटर कानुनत खाली गर्नुपर्ने भएपनि हाल तत्कालको लागि १५ मिटर खाली गरी आवश्यकता हुँदा २५/२५ मिटर नै खाली गर्ने शर्तमा अस्थाई टहरा निर्माणको लागि नगर कार्यपालिकाले निर्णय गरेको थियो । तत्काल १५ मिटर खाली गर्दा सडक सिमानामा पर्ने व्यक्तिहरूलाई केही राहत पुग्ने ठहर गर्दै उक्त निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    सोही अनुसार अरनिको राजमार्ग झिगुखोला पुलबाट पाँचखाल प्रहरी चौकि सम्म १५ मिटर खालि गरी अस्थाइ संरचना निर्माण भएको थियो । कार्यपालिकाको निर्णयलाई आधार मान्दै अरनिको राजमार्ग खण्ड ४० किलोमिटर ( पाँचखाल नगरपालिका वडा नं ६ ) तिनपिप्ले बजारमा रहेको मोड कटिङ्गको लागि नगर कार्यपालिकाको निर्णय अनुसार १५/१५ मिटर खाली गर्ने सहमति अनुसार घर टहरा हटाइएको थियो ।

    पाँचखाल नगरपालिका वडा नं ६ ले कार्यपालिकाको निर्णयको आधारमा २०८० साउन १ गते सात दिने सूचना जारी गर्दै १५/१५ मिटर खाली गराउन अनुरोध गरेको थियो । वडाको अनुरोधको आधारमा स्थानीयले आफ्नो घरहरू भुक्ताएका थिए । पुन नगरपालिकाले २०८० साउन २२ गते सूचना जारी गर्दै २५/२५ मिटर भित्र अस्थाई संरचना निर्माण नगर्न अनुरोध गरेको थियो । वडाले जारी गरेको सूचना र नगरले जारी गरेको सूचनाको बिचको समयमा केही टहराहरू १५ मिटर छाडेर जनाउदा समस्या परेको छ । सो समस्याको विषयलाई लिएर नगरले समाधानको लागि कार्यपालिका माफर्त पहल गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

    २०७७ असार २२ गते नगरले २५/२५ मिटर खाली गर्नको लागि सूचना जारी गर्दा कसैले घर टहरा नहटाएपछि नगर कार्यपालिकाको निर्णय अनुसार सडक सिमानामा पर्नेको हितमा मध्यनजर राख्दै तत्कालको लागि १५ मिटर कायम गरिएको थियो । २५ मिटरको सूचना जारी हुँदा विगतमा पनि केही असहमति जनाउँदै जुन समयमा सडक विस्तारको लागि कार्य थाल्छ सोही समयमा हटाउने भन्दै घरटहरा हटाइएको थिएन । सडक ऐन लागू भएपछि सडक सिमा भित्र निर्माण भएका घर टहरालाई डिभिजन सडक कार्यालयले आवश्यक हुँदा छाड्ने कागज गराउँदै आएका थिए ।

    विगतमा डिभिजन सडक विभागले २५/२५ मिटर खाली गर्न सूचना जारी गर्दा सो सूचनाको विरुद्ध २०५९ सालमा बालकृष्ण सापकोटाको अध्यक्षतामा सङ्घर्ष समिति बनेको थियो । सो समतिले यति राज तिमल्सिनाको नाउबाट अदालतमा मुद्दा दर्ता गराइएको थियो । जव—जव २५/२५ मिटर खाली गर्ने सूचना जारी हुन्छ तव तव विवाद हुँदै आएको अरनिको राजमार्ग पाँचखाल खण्डमा पछिल्लो समयमा पनि अछुत रहन सकेन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार