२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

नेपाल हृदयरोग प्रतिष्ठानमा पुन अधिकारी , नकारात्मक सोचले मुटुरोग निम्त्याउँछ —डा.कोजु


५७२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २, बुधबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल र आसपासका क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई मुटु रोगबाट जोगाउने कार्यका लागि जनचेतना प्रदान गर्ने उद्देश्यका साथ पाँचखालमा सञ्चालित नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल इकाईको भेला सम्पन्न भएको छ ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा सभापति अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग बिषेशेज्ञ डा.राजेन्द्र कोजुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा डा. कोजुले भन्नुभयो “मुटु रोग लाग्नुको प्रमुख कारणहरू मध्य नकारात्मक सोच पनि एका हो , जव मानिसमा नकारात्मक सोचको विकास हुन्छ तव मुटु रोगले शरीरमा आक्रमण गर्छ ।” मुटुरोग लाग्न नदिनको लागि शारीरिक व्यायामको साथमा खानपिनमा ध्यान दिनुपर्ने बताउँदै मदिरा , धूम्रपान , चिल्लो साथै अस्वस्थ खाना बाट जोगिनु गर्ने बताउनु भयो । दुवै छाक चामलको भात तथा चिनीको सेवन तथा मिठाईको लतले गर्दा स्वास्थ्यमा समस्या आउने ठोकुवा गर्नुभयो ।
    २०७५ साल भदौ ३० गते तदर्थ समितिको गठन गरी सुरु भएको हृदयरोग निवारण प्रतिष्ठानको पहिलो भेला प्रतिष्ठाको संयोजक दामोदर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । भेलाबाट पुन दामोदर अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ । जसको उपसंयोजक द्वयमा सरस्वती चिमौरिया र जयराम घिमिरे , सचिव नवीन प्रकाश निरौला , कोषाध्यक्ष राजन कार्की , कोशाध्यक्ष सरस्वती भेटवाल , उप सचिव कान्छा डोने रहनुभएको छ ।त्यसैगरी सदस्यहरूमा भोजराज पन्त , विद्यालक्ष्मी देउजा , शिव प्रसाद अधिकारी , सत्य देवी भट्टराई रहनु भएको छ ।

    विद्यालक्ष्मी देउजा द्वारा सञ्चालित उक्त कार्यक्रममा माधव नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रतिष्ठानका सचिव नवीन प्रकाश निरौलाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाका उपसभापति टिका भक्त भोछि भोया र सचिव सिद्धि बहादुर श्रेष्ठको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार