२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

पेट्रोल बोक्ने ट्याङकरमा ६ सय किलो गाँजा


६३७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २, बुधबार मा प्रकाशित ३ महिना अघि
  • विराटनगर । प्रहरीले धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरमा लोड गरेको झण्डै ६ सय किलो गाँजा बरामद गरेको छ ।

    प्रहरीले धनकुटाबाट ५ सय ९४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले बुधबारबिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा उक्त गाँजा बरामद गरेको हो । मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७३२२ नम्बरको ट्याङकरमा गाँजा लोड भएको पाइएको हो ।

    ट्याङकरको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो । गाँजा बरामद भएसँगै ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एम.डि. अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र रंगेली नगरपालिका–७ मोरङका ७० वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार