२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालिन नासु लाई प्रहरीले झ्याप


१०४५३ पाठक संख्या
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । गैर नेपालीलाई नागरिक्ता प्रदान गरेको प्रदान गरेको अभियोगमा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयका तत्कालिन नयव सुब्बा लाई पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बेल्जियम नागरीक दावा छिरिङ्ग लाई २०७४ साल पुस २० गते झुटा विवरणको आधारमा जिल्ला प्रसाशन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिक्ता प्रदान गरेको अभियोगमा पक्राउ गरीएको हो ।

    २०७४ पुस २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नायव सुब्बामा कार्यरत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ५ घर भएका जिव लाल अर्यालका छोरा रामचन्द्र अर्याललाई पक्राउ गरिएको छ । निज अर्याल हाल बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा अधिकृतको रुपमा कार्यरत थिए । उनलाई हिजो ( बुधवार ) पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट अदालतमा म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाएको छ ।

    नक्कलि विवरण पेस गरी काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय बाट नागरिकता लिने छिरिङ्ग (बेल्जियम नागरिक) जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं.२ लाजिम्पाटबाट सुन केशमा मिति २०८० साल साउन १४ गते पक्राउ परी हाल केन्द्रीय कारागारमा रहेका छन् । उनले प्राप्त गरेको ना.प्र.प्र.नं.ः ३०–०१–७४–११८६८ रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार