२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

बागमती प्रदेशमा मन्त्रीहरुले राजीनामा दिने लर्को


२६०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • सुदिप काफ्ले
    हेटौडा । संघिय सरकारमा नि—वर्तमान गठबन्धन भङ्ग भई नयाँ समिकरण भई सरकार गठन भएपछि त्यसको असर प्रदेशहरुमा समेत परेको छ । सोही अनुसार वागमती प्रदेशका ६ मन्त्रीहरुले राजिनामा दिएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले मौजुदा मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिं लामा (तामाङ); खानेपानी, उर्जा तथा सिँचाई मन्त्री माननीय तिर्थ बहादुर लामा; उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकार; संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जन; स्वास्थ्य मन्त्री माननीय उत्तम जोशी र वन तथा वातावरण मन्त्री माननीय मसिना खड्काले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन् ।

    मुख्यमन्त्रीज्यूको सिफारिसमा आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय; उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यभार माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हाल्ने गरी तोक्नु भाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार