२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

चौरीदेउरालीमा कविता तथा लोक गीत प्रतियोगिता सम्पन्न


५१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस –८ मार्चको अवसरमा चौरीदेउराली गाउँ पालिकाको आयोजनामा महिला लगानी ः सभ्य समुन्नत समाजको थालनी भन्ने नाराको साथ लोक गीत तथा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य माननीय रुकु चौलागाईंले दिप प्रज्जलन गरि उद्घाटन गर्नुभएको थियो । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनु हुँदै प्रमुख अतिथि चौलागाईंले आजको सभ्य समुन्नत र समृद्ध समाज निर्माण गर्न राज्यले महिलामा विशेष लगानी गर्न आवश्यक रहेको बताउनु भयो। महिलाहरू सक्षम र सबल भयो भने मात्रै समाजको सहि ढंगले विकास हुने र त्यस कारण महिलामा राज्यले लगानी गर्न जोड्नु गर्नु पर्छ भन्नू भयो ।

    कार्यक्रमको विशेष अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) ले शुभकामना मन्तव्य दिनुहुँदै २१औं शताब्दीमा राज्यको रहेक क्षेत्रमा महिलाको समान सहभागीता र नीति निर्माण तहमा उचित पहुँचले मात्रै सभ्य समुन्नत समाज निर्माण गर्न सकिने बताउनु भयो। आजको नेपाली समाजमा महिलाहरूलाई राजनीतिक,समाजिक र प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण सहभागीता सुनिश्चितता लागि महान् जनयुद्धको रापताप बनेको संविधानले आधार तय गरेको र जनयुद्धले महिलाहरुलाई सचेत, जागरुक र सशक्तीकरण गरेको पनि बताउनु भयो।

    कार्यक्रमका अनेमासंघ(क्रान्तिकारी) काभ्रे जिल्ला अध्यक्ष सुन्तली थिङ(मनिता), अखिल(क्रान्तिकारी)को केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मला गौतम र कार्यपालिका सदस्य विष्णु माया चौलागाईंले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    कविता प्रतियोगितामा सहभागीहरू मध्येबाट सुष्मा परियार र अणु खड्का उत्कृष्ट हुन सफल भयो भने लोक गीत प्रतियोगिता तर्फ मिनु माया प्रजा उत्कृष्ट हुन सफल भएको थियो। लोक गीत प्रतियोगितामा रमला पन्त, हरिशरण चौलागाईं र गुण ब. कामीले सान्त्वन र कविता प्रतियोगिता तर्फ मानुषी मनु सान्त्वना स्थान प्राप्त गरेको थियो। प्रतियोगितामा उत्कृष्ट र सान्त्वना स्थान प्राप्त गर्न सफल प्रतियोगीहरूलाई प्रमाण–पत्र सहित नगद पुरस्कार पनि प्रदान गरिएको थियो। प्रतियोगिता कार्यक्रममा कवि एवं साहित्यकारहरू बिक्रम पवन परियार, लोक लामा र अर्पण उत्कर्षले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो।

    उक्त कार्यक्रमको अध्यक्षता चौरीदेउराली अध्यक्ष रेणुका चौलागाईंले गर्नु भएको थियोे । गाउँ पालिका अध्यक्ष रेणुका चौलागाईंले कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै गाउँ पालिका महिलाहरूको हकहित र महिलाहरूको आर्थिक जीवन स्तर माथि उठान सिप,क्षमता र उद्यमशीलता विकासमा जोड गर्ने बताउनु भयो । आगामी दिनमा महिलाहरूको हितमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताउनु भयो। कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमको सञ्चालन गाउँ पालिकाको पंञ्जिकरण शाखाको उर्मिला परियारले गर्नुभएको थियो । उक्त कार्यक्रमको समायोजन गर्ने कार्य पनि उर्मिला परियारले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार