२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

तेमाल गाउँपालिकाको ६ महिने उपलब्धि


२९६५ पाठक संख्या
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको १४ औं अधिवेशन सम्पन्न भएको छ । विहिवार गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनमा गाउँपालिकाको ६ महिने कार्य सम्पादनको समिक्षा गरेको छ ।

    “सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै आएको गाउँपालिकाले दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृध्द गाउँपालिका  र सुखी जनताको लक्ष्य हासील गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकास गरिदै आएको अध्यक्ष लामाले बताए ।

    त्यसैगरी तामाङले सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सुशासनको अनुभूति जनमानसमा ल्याउन बिद्युतीय सुशासन प्रणालीलाइ सेवा प्रभावमा ब्यापक र प्रभावकारी वनाउने तर्फ जोड दिइएको बताए ।

    गाउँ अधिवेशनमा अध्यक्ष तामाङले गाउँपालिकामा ६ महिनाभित्रमा विभिन्न क्षेत्रमा भएको कार्य सम्पादन र उपलब्धि प्रस्तुत गरे ।

    अधिवेशनमा उपाध्यक्ष दलमान थाेकर, ९ नं. वडाका अध्यक्ष चन्द्रबहादुर लामा,  ७ नं.  वडाका अध्यक्ष इन्द्रलाल तामाङ र १ नं. वडाका अध्यक्ष इन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए

    भौतिक पूर्वाधार विकास भएका उपलब्धी

    यातायात

    तामाङले प्रस्तुत गरेको प्रतिवेदनमा गाउँपालिकामा हाल सम्म १०.९८ किमि कच्ची सडक ११.९ किमि पक्कि तथा ढलान सडक,  ३.६ कि.मि. सडक स्तोन्नती र २.७ कि.मी नयाँ ट्रयाक सडक रहेको उल्लेख गरेको छन् ।गाउँपालिकाको सवै वडामा सडकको पहुँच पुगेको तथा गाउँपालिकाले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत वर्षैभरी  नै गाडी चल्ने सडक पूर्वाधार विस्तार गरिएको अध्यक्ष तामाङले बताए । यसैबीच गाउँपालिकाबाट अन्य गाउँपालिका  तथा प्रमुख राजमार्गसम्मको सडक पहुँचलाइ सुदृढ वनाइएको बताए ।

    खानेपानी, उर्जा तथा सिँचाईः

    गाउँपालिकाको विभिन्न वडामा गरी खानेपानी तथा सरसफाई १९ वटा र ९ वटा सिंचाइका योजना सम्पन्न  र १ वटा लिफ्टिङ खानेपानीलाई टेण्डर प्रकियाबाट अघि बढाइको बताए ।

    भवन तथा खेलमैदान

    सडक बाहेक अन्य भौतिक पूर्वधार भवन ४ वटा र खेलमैदान ६ वटा ‍निर्माण सम्पन्न भएको छ ।

    सामाजिक विकासका क्षेत्रमा भएका उपलब्धी

    • गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको ।
    • विद्यालयको शैक्षिक प्रगतिको मूल्यांकन तथा अनुगमनालाई निरन्तरता दिइएको ।
    • गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण प्रक्रियालाई अघि बढाइएको ।
    • कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, योजना आदिमा सूचना प्रविधिको प्रयोग गरिएको छ ।
    • आँखा, दाँत, हाडजोर्नी, स्त्री रोग र सामान्य चिकित्साको निःशुल्क शिविर सञ्चालन गरिएको ।
    • तेमाल गाउँपालिकामा VIA क्याममा  ६०० जना महिलाहरुमा गरिएको परिक्षणमा ५५ जना महिलाहरुमा VIA पोजिटिभ पाइएकोमा सो ५५ जनालाई उपचारको व्यवस्था गरिएको छ आँखा शिविरमा २५४ जनाको जाँच गरिएको ।
    • स्तन क्यान्सर परिक्षण तथा सामान्य चिकित्सक परिक्षण शिविरमा ३७५ जनाको परिक्षण गरिएको।
    • विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेको ।
    • युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण गरिएको ।

    आर्थिक विकासका क्षेत्रमा भएका उपलब्धी

    • पशुपन्छी रोग रोकथाम तथा रोग नियत्रणकालागि औषधी खरिद गरि बितरण कार्य सुरु गरिएको ।
    • तेमाल २ मा कृषक समूह गठन, अभिमुखिकरण तथा क्षमता अभिव्रद्दि तालिम संचालन ।
    • किसान सुचीकरण कार्यक्रमको लागि गणक छनौट गरि सम्बन्धित वडामा पठाइएको ।
    • आलु पकेट विकास निरन्तरता कार्यक्रम संचालनमा रहेको ।
    • 50% अनुदान मा मिनिटिलर बितरण कार्यक्रमकालागि आवेदन संकलन भइरहेको ।
    • तेमाल-3 का माझी समादायहरुको जिविकोपार्जन सुधार कार्यक्रमको प्रक्रिया अगाडि बढाइएको ।
    • वाख्रा प्रबर्दन कार्यक्रम (तेमाल 3 र 5) संचालनको लागि सुचना प्रकाशन गरिएको ।
    • 1300 वटा गाई भैंसीमा लम्पी स्किन रोगको उपचार गरिएको
    • 3000 पशुमा खोरेत र 5000 भेडा बाख्रामा पि पि आर रोग बिरुद्द खोप कार्यक्रम संचालन गरिएको
    • जिल्ला सहकारी संघको समन्वयमा सहकारीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको
    • पशुपन्छी सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइएको ।
    • कृषि सहकारीसंस्थालाइ ब्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्पेरित गरिएकोछ ।
    • रोजगारी सृजना गर्न गाउँपालिका  भित्र रहेको श्रम शक्तिको लगात तयार गरि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएकोछ ।

    सूचना तथा प्रविधि शाखा

    • कार्यालयमा स्थापित प्रविधिको पूर्वधार, उपकरणहरुको व्यवस्थापन  र नियमित राख्न प्राविधि सहयोग प्रदान गरिएको ।
    • स्थानीय तहको Website, Software, System को नियमित सञ्चालन र अध्यावधिक गर्ने  सहि अभिलेख तथा प्रतिवेदन तयार गरिएको छ ।

    वन, वातावरणजलवायु परिवर्तन तथा विपद् व्यवस्थापन

    तेमाल गाउँपालिकामा स्थायी बसोबास गरिएको आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसकिएको व्यक्तिहरुलाई  निवेदनका आधारमा आर्थिक सहायत शीर्षकबाट आर्थिक सहयोग गरिएको ।

    सुशासन तथा संस्थागत विकास भएका उपलब्धी

    गाउँपालिकाले ८ वटा ऐन, २ वटा नियमावली र १४ वटा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको। यस गाउँपालिकाले गत आ.व.२०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्‍कन (लजा) मा ७३.२५ (त्रिहत्तर दशमलव पच्चीस) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा ६२.५० (बाइसाठी दशमलव पचास) अंक प्राप्त गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार