२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

रोशी गाउँपालिकाको स्थापना दिवस सम्पन्न, चार कर्मचारी पुरस्कृत


४०३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा चार जना कर्मचारी पुरस्कृत भएका छन् । गाउँपालिकाको ८औँ स्थापना दिवसमा कर्मचारी पुरस्कृत भएका हुन् ।

    आईतबार गाउँपालिकाको ८औँ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ उत्कृष्ट रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । तामाङलाई नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरेका छन् । त्यसरी नै गाउँपालिकाका जिन्सि शाखा प्रमुख जयप्रसाद गजुरेल, लेखा शाखाका कम्प्युटर अपरेटर पेमा नाम्गेल लामा र वडा नं. ११ का वडासचिव मानबीर लामालाई रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । रोशी सेवाबाट पुरस्कृत हुने तीनै जनालाई नगद १० हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरेका थिए ।

    स्थापना दिवस तथा कर्मचारी सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले जनताको संघर्षपछि संघीयता आएसगै स्थानीय तहको स्थापना भएको लामाले बताए । जनताको सेवाप्रवाहमा कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गरेको बताए । जनप्रतिनिधिहरूको योजना र कर्मचारीहरूको मिहेनतले गाउँपालिका उत्कृष्ट हुदै गएको उनको भनाई छ ।

    गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले सहिदहरूको बलिदानीबाट संघीयताको स्थापना भएको र तीन तहको सरकार बनेको बताए । गाउँपालिका स्थापना भएपछि जनताको बिकासमा सहयोग पुगेको बताउदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने उनको भनाई छ ।

    प्रमुख प्रशासकीय अधिकृत तामाङले जनप्रतिनिधिको सपना साकार गर्न कर्मचारीहरू दत्तचित्त भएर लागेको बताए । रोशी गाउँपालिकामा राम्रो भिजन र योजना भएका जनप्रतिनिधि र त्यसलाई साकार पार्न मिहेनती कर्मचारी भएकाले नागरिकलाई उत्कृष्ट सेवा प्रवाह गर्न सकेको उनले बताए ।

    कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायतले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डीत गर्ने अभ्यासको शुरुवात भएको बताए ।
    कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरू र कर्मचारीहरूको उपस्थिती रहेको थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार