२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

एकै दिनमा काभ्रेपलाञ्चोकको दुई स्थानमा राष्ट्रपति


४०३१ पाठक संख्या
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेल एकै दिनमा काभ्रेपलाञ्चोकको दुई स्थानमा पुग्नु भएको छ ।

    आईतवार काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवन समुद्घाटन समारोहमा आउनु भएका राष्ट्रपति पौडेल उद्धाटन कार्यक्रम सम्पन्न भएपश्चात पनौती नगरपालिका वडा नं ११ स्थित लड्केश्वर महाँदेवको दर्शन गर्न पुग्नुभएको थियो ।

    पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटीहोममा पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको थियो । सचिवालयका सदस्यसहित आउनु भएका राष्ट्रपति पौडेलले केही बेर कोटी होममा पुगेर समाज, देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभएको थियो ।

    ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम गलाउंदै आएको छ । भगवान शिवले बिष सेवन गरेर गोशाई कुण्ड जादै गर्दा थकाईको कारण साथै बिषको डाहाले गर्दा केही आराम गरेको किम्बदन्तिमा उल्लेख भएको छ । आफ्नो स्वामीलाई बिषको कारण पिडा भएकोले शितलताको लागि जलको बर्षा गराएको र सो बर्षा हालसम्म पनि निरन्तर रुपमा हुदै आएको जानकारहरुको भनाई रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार