२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोक ,पनौतीबाट लागुऔषध सहित एक जना नियन्त्रणमा


५५३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्तोक जिल्लाको पनौती नगरपालिका वडा नं ५ नैकिङटार बस्ने बर्ष ४१ को नकुल तिमल्सिनालाई काभ्रेपलाञ्चोक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन जिल्ला काभ्रेपलाञ्चोक पनौति न.पा. वडा न–५ तर्फ बस्ने नकुल प्रसाद तिमिल्सिना सँग खरिद गरी ल्याएको हो भनि बयान दिएको आधारमा खानतलासी सहित पक्राउ गरेको हो ।

    फागुन ३० गते राती ९ बजेको समयमा नैकिङटार बस्ने तिमल्सिनाको घरमा लागूऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय. काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट संयुक्तरूपमा खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा निजको घरमा फ्रिज भित्र लुकाई छिपाई राखेको ३८ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी निज नकुल तिमल्सिनालाई समेत नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार