२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

शनिदेवको उपासना गर्दा गर्न नहुने ५ काम


२९८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली

    आज शनिबार, अर्थात शनिदेवको प्रिय दिन । शनिदेवलाई प्रसन्न गर्न शनिवार उपासना गरिन्छ । शनिदेवलाई न्यायका देवताको रुपमा हिन्दू धर्मले मानेको छ । तसर्थ शनिको कृपा पाउन शनिवार सरस्युको तेल, कालो तिललगायतका कालो सामग्री चढाएर पुजा गरिन्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुने व्यक्तिले शनिवार शनिदेवको पूजागर्नु पर्दछ । साथै केहि बर्जित कार्यहरु गर्नु हुदैन ।

    १. शनिवारका दिन शनिको उपासना गर्ने ब्यक्तिले मांसाहार भोजन गर्न बर्जित छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा शनिको नकारात्मक प्रभाव पर्ने मान्यता छ ।

    २. शनिको उपासना गर्ने कर्ताले मदिरा, धुम्रपानलगायतका नशालु पर्दाथको सेवन गर्नु हुदैन । शनिक्रुर ग्रह भएकाले यस प्रकारको भोजन गर्दा ब्यक्तिमा नकारात्मक असर पर्दछ ।

    ३. उपासकले शनिवार मुसुरोको दालको पनि सेवन गर्नु हुदैन । मुसुरो रातो रंगको हुने र रातो रंग मंगल ग्रहको प्रतिक भएकाले शनिसंग टकराव पर्न जाने मान्यता छ ।

    ४. पुजाकर्ताले शनिवार दूध पनि सेवन गर्नु हुदैन । शनि र शुक्र एक अर्काका विरोधी हुन् । दूधको सेतो रंग हुने र यो शुक्रको प्रतिकहो । जसका कारण शनिवार दूधको सेवनले मानिसमा काम इच्छा जागृत हुन्छ ।

    ५. शनिवार अचार वा अमिलो चिज पनि खानवर्जित गरिएको छ । अमिलो चिज खाँदा यसदिन पेटमा समस्या देखिन सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार