२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

आजको सूर्य ग्रहणमा कुन रासीलाई कस्तो फल


३१०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • आज असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

    यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

    मेष राशी – श्रीप्राप्ती
    वृष राशी – क्षती
    मिथुन राशी – घात
    कर्कट राशी – ब्यय
    सिंह राशी – लाभ
    कन्या राशी – सुखम्
    तुला राशी – माननाशः
    वृश्चिक राशी – कष्टम्
    धनु राशी – स्त्रीपिडा
    मकर राशी – सौख्यम्
    कुम्भ राशी – चिन्ता
    मीन राशी – ब्यथा

    खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

    १. ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।
    २. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।
    ३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।
    ४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।
    ५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।
    ६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।
    ७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन ।
    ८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।
    ९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन ।
    १०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।
    ११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।
    १२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।
    १३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।
    १४. ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन ।
    १५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।
    १६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार