२०८१ कार्तिक १७, शनिबार | Sat, 02, Nov, 2024

आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि


५६९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १४, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ- आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मनु भएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरीन्छ ।

    भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ । ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुदा“ सो बेलामा पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।

    ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः

    यसपछि श्रीहरिको यस मन्त्र उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
    ऊं यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नम :

    त्यसपछि श्रीकृष्ण मुर्तिलाई पाल्किमा विराजमान गरी यस मन्त्रको उच्चारण गरी भगवानलाई निदाउन प्रेरीत गर्नुपर्दछ ।
    विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

    यसरी श्रीहरिलाई शयन गराएर पूजाको मन्डप तयार गरी श्रीकृष्णका साथमा रोहिणी र चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । त्यसपछि शंखको माध्यममले चन्दन युक्त जललाई यो मन्त्र उच्चारण गर्दै अर्पण गर्नुपर्दछ ।

    श्री रोदार्णवसम्भुत अनिनेत्रसमुद्धव । ग्रहाणार्ध्य शशाककेश रोहिणा सहिते मम् ।

    यसरी पुजा विधि सकेपछि भगवान श्रीकृष्णको आरती गर्नुपर्दछ । आरति पछि भगवानको नाममा जयगान गाउदै प्रसाद ग्रहण गर्नुपर्दछ । त्यसपछि पुजा विधि सकिने भएकाले ब्रतलाई खोल्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार