२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कुशे औंसीमा गोकर्णेश्वरमा मेला


२५०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ११, शनिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — गोकर्णेश्वरस्थित महादेव मन्दिर परिसरमा कुशे औंसीको अवसरमा पितृ तर्पण गर्न भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न लाखौं भक्तजन आउने गर्छन् ।

    भाद्रकृष्ण औंसीका दिन यहाँ आएर जलदान, सिदादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । कुशे औंसीलाई बुबाको मुख हेर्ने दिनका रुपमा समेत मनाइँदै आइएको हुँदा यहाँ झिसमिसेदेखि नै दर्शनार्थीहरुको भीड लागेको छ । बुबा नहुनेहरु आजको दिन गोकर्णेश्वर महादेवको मन्दिरमा जम्मा भएर पिण्ड दिने चलन रहेको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार