२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आज – जेठ २७ शनिवार को राशिफल


५४८७ पाठक संख्या
  • २०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ११ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा र शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक झमेलामा परिएला । यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    सामाजिक क्षेत्रमा सफलता मिल्नेछ कुटुम्बको साथ पाइनेछ । । शैक्षिक कार्य अघि बढ्नेछ साथै लगानीले पनि दीर्घकालीन लाभ मिल्ला ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार