२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आज मंसिर ३ आइतवार को राशिफल


८९१९ पाठक संख्या
  • २०८० मंसिर ३, आईतबार मा प्रकाशित ६ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । लगानीमा गिरावट आउनसक्छ, तर साँझमा कार्य सम्पादनमा सहजता मिल्ला ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा हुन सक्नेछ । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज समय मध्यम खालको रहनेछ । अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला, तर रमाइलो यात्राको सम्भावना पनि छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार