२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

नमोबुद्धमा २ लाख लिटर क्षमताको टंयाकी शिलान्यास


७०७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १३, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका –८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी लाभान्वित हुने आयोजनाको सबैभन्दा ठूलो रिजर्भायर ट्यांकीको नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडा नं ८ का अध्यक्ष शेरबहादुर लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेश्वर कर्ण लगायतले शिलान्यास गरे ।

    संघीय सरकारको १५ करोड ४७ लाख ४३ हजार १ सय ९० को लागत्तमा निर्माण हुने आयोजनाको लागि वडा न ८ को पिपलटारमा २ वटा इनार (सम्प वेल) निर्माण गरिएको छ । प्रति सेकेण्ड ६ लिटर पानी संकलन गरेर ५ स्थानमा लििटङ गरी १७ वटा टंयाकीमा जम्मा गरेर वितरण हुने उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । उच्चकोटी÷अमर÷नवआदर्श जेभीले निर्माणको जिम्मा पाएको छ । २०७९ मंसिर ९ गते सम्झौता भएको आयोजना २०८१ साल मंसिर २३ गते सम्पन्न गर्नुपर्नेछ ।

    अध्यक्ष अधिकारीका अनुुसार, साविक डराउनेपोखरी गाविसमा रहेका दाप्चा खानेपानी उपभोक्ता समिति (स्किम नं २), डराउनेपोखरी खानेपानी उपभोक्ता समिति (क) र (ख) एकिकृत गरेर काशीखण्ड बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । साविक आयोजनाका ३ वटा टंयाकी समेत १७ वटा टंयाकी निर्माण गरिएको उपभोक्ता समितिका सदस्य रामेश्वर अधिकारीले जानकारी दिए ।

    शिलान्यास गर्दै नगरप्रमुख कुनसाङ लामाले नगरको गौरवको आयोजना रहेको उल्लेख गर्दै समयमा नै काम सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन दिए । उनले नगरको विकासको लागि प्रतिवद्ध रहेको भन्दै सबैको साथ र सहयोगले मात्रै त्यो सम्भव हुने तर्क गरे । कार्यक्रममा आयोजना प्रमुख कर्ण, वडा अध्यक्ष शेरबहादुर तामाङ, उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारी, सचिव बिलबहादुर श्रेष्ठ, सदस्य रामेश्वर अधिकारी लगायतले छिटो आयोजना सम्पन्न भएर छिटो घरदैलोमा नै गुणस्तरीय खानेपानी पाउने अपेक्षा गरे ।
    ……

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार