२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

लव ग्रीन नेपाल पाँचखालको लागि बरदान हो‚ थैलीमा राखेको पैसा सहकारीमा बचत गरौ—खरेल


७१०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १४, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालमा केन्द्रिय कार्यालय राखेर विगत ३० वर्षदेखि कार्य गर्दै आएको लव ग्रीन नेपाल पाँचखालको लागि बरदान भएको बताउनु भयो ।

    लव ग्रीन नेपाल र पाँचखाल नगरपालिकाको सहकार्यमा सञ्चालित वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापहरू एवं उपलब्धि बारे अन्तरक्रियात्मक छलफल तथा सामाजिक परिक्षण कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले लव ग्रीन नेपालको योगदानको कारण पाँचखाल मरुभूमि हुनबाट जोगिएको ठोकुवा गर्नुभयो । मुलुकभरका कृषकले खेती गर्ने क्रममा अज्ञानताले गर्दा रासायनिक मल र विषादी बडी प्रयोग गरेको बताउनु भयो । विगतमा पाँचखालको ताजा तरकारीको बारेमा भ्रम फैलाउने कार्य नभएको हैन तर सो भ्रमलाई चिर्ने कार्यमा लव ग्रीन नेपालको ठुलो योगदान रहेको बताउनु भयो । जाइकाले पाँचखालको हितको लागि ठुलो सहयोग गर्दै छ‚ जुन कार्यमा लव ग्रीन नेपालको भूमिका अविस्मरणीय रहेको बताउनु भयो ।

    पाँचखालको तरकारीमा विषादीको मात्रा बढी छ भन्ने हल्ला हाल आएर झुट सावित भएको छ । लव ग्रीन नेपालको पहलमा धेरै पटक तरकारी परिक्षण गरियो‚ नतिजा आउँदा विषादीको अवशेष नरहेको खानको लागि योग्य सावित भएको मेयर खरेलले बताउनु भयो । उहाँले थप्नुभयो—पछिल्लो समयमा उपभोक्ताहरूले पाँचखालको तरकारी खोजी खोजी खाने गरेको बताउँदै कृषकहरूको समस्या समाधान गर्ने पक्षमा निरन्तर लागि रहने बताउनु भयो । कृषकहरूको प्रमुख समस्या बजार हो त्यसको व्यवस्थापनको लागि हामी लागि रहेका छौं ।

    कार्यक्रममा मेयर खरेलले भन्नुभयो—पाँचखालको वडा नं ७ मा महिला हरित केन्द्र सञ्चालन हुँदै छ ‚ सो स्थानमा सञ्चालन हुने उद्योगमा लगानी गर्न महिलाहरूले थैलीमा राखेको पैसालाई सहकारीमा बचत गर्न अनुरोध गर्नुभयो । पाँचखालमा रहेको सामुदायिक बनबाट प्रत्तेक वडामा बाषिर्क १ करोड आम्दानी हुने ढङ्गको कार्य गर्ने तयारी साथै बन्यजन्तुले कृषकहरूको खेतीमा असर नपु¥याउनेका लागि बन्यजन्तुको खानाको व्यवस्था सामुदायिक बनमै गर्ने बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतमले लव ग्रीन नेपालले गरेको कार्यको नमुना ढङ्गको साथै मार्गनिर्देशक रहेको बताउनु भयो । उहाँले थप्नुभयो—पाँचखालमा धेरै सामुदायिक बन छन्‚ सो बनमा आधुनिक तरिकाहरू अपनाएर नगरको प्रमुख आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । कृषि नगरीको रुपमा अगि बढेको पाँचखाल नगरमा रहेका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई कृषि पेसामा आकर्षण गराउने ढङ्गको कार्य गर्नुपर्ने बताउनु भयो ।

    सुमित्रा श्रेष्ठ द्वारा सञ्चालित कार्यक्रममा पाँचखाल नगर कृषि शाखा प्रमुख ईश्वर अधिकारीले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले पाँचखालको तरकारी खानको लागि योग्य रहेको प्रमाणित गर्दै बिभिन्न प्रमाणहरू पेस गर्नुभएको थियो । पाँचखालका कृषकहरू कृषि कर्ममा उत्साहित छन्‚ हामीले सघाउन जरुरी छ । उहाँले संस्थाले हासिल गरेको उपलब्धीहरूको श्रव्य दृश्य प्रस्तुत गर्दै पाँचखालको कृषि कर्मको बारेमा पूर्ण जानकारी गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार