२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

मतदाता नामावली नाम दर्ता बन्द भयो


४३१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । मतदान नामावली ( नयाँ नाम दर्ता ‚ ठाउंँ सार्ने ) बन्द भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।

    प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको सभापतित्व तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बसुन्धरा खड्का ‚ सशस्त्र प्रहरी बल ‚ नेपाल १५ नं गण हेडक्वार्टर प्रमुख त्रिभुवन बिष्ट ‚ राजनीतिक दलका प्रतिनिधिहरू ‚ सञ्चारकर्मी समेतको सहभागितामा सम्पन्न पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको थियो ।

    पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश कुमार राईले ०८० फागुन १४ गतेबाट मतदाता नामावली दर्ता बन्द भएको बताउनु भयो । आगामी २०८१ बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनको लागि समस्या नरहोस भनी नामावली दर्ता बन्द गरेको बताउनु भयो । देशैभरबाट मतदान गर्नु नपर्ने भएपनि मुलुकको कुनै पनि स्थानबाट उम्मेदवार बन्न पाउने भएकोले दर्ता बन्द गर्नुपरेको बताउनु भयो । फागुन १४ सम्ममा काभ्रेपलाञ्चोक जिल्लामा मतदाताको संख्या ( १८ बर्ष माथिका ) ३ लाख १० हजार ६३ जना रहेको र १६ वर्ष देखी १८ वर्ष नपुगेका समेत थप्दा ३ लाख २० हजार १८९ रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार