२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना, घाइतेको उपचारको लागि हेलीबाट मेडिसिटी लगियो


१७३९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको माहाभारत गाउपालिका वडा नं ४ मेलुङमा मोटर साईकल दुर्घटना हुदा घाईते भएका मेघ राई लाई उपचारको लागि हेलिको माध्यमबाठ काठमाडौ मेडिसि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाण्डौंबाट माहाभारत गाउपालिका जाने क्रममा प्र.३–००२–००३ प ७८६५ नं. को मोटरसाईकल आफै अनिन्त्रित भई दुर्घटना भएको हो । मोटरसाईकल चालक जिल्ला काठमाण्डौं किर्तिपुर नगरपालिका वडा नं ६ बस्ने बर्ष ५८ को मेघ राई घाईते भएको भन्ने खबर प्राप्त हुन साथ उक्त घटनास्थलमा प्रहरी खटिई गई निज घइतेलाई उदार गरि एम्बुलेन्सको माध्यमबाट प्रहरी चौकी कटुन्जेमा ल्याइएको थियो ।

    आज विहिवार ११/३० मा दुर्घटना भएका राई दिउसो ३/२५ बजे कजुन्जे ल्याईपुर्याएको थियो । कटुन्जेबाट हेलिको माध्यमबाट उपचारको लागि मेडिसिटी अस्पताल ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार