२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा क्यान्सरको वारेमा ध्यानाकर्षण


४१६१ पाठक संख्या
  • २०८० फागुन २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ’’११४ औ अन्तराष्ट्रिय महिला (नारी) दिवसको’’ सम्पन्न गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गत बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत महिला प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिमा नारी दिवस मनाईएको हो । सो अवसरमा धुलिखेल अस्पतालका Gynecologist डा.सुमिष्टि शाक्य र डा. अन्जली चौरसियाले महिलाको स्वास्थ्यमा ध्यानदिनुपर्ने महत्वपुर्ण Menstruna Hygiene, Reproductive Health गर्भवती जांच महिला सम्बन्धि क्यान्सरको बारेमा ध्यानदिनुपर्ने बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

    कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले लैंगिक हिंसाको अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने, आफुमाथि कुनै दुव्र्यवहार हिंसा भएमा समयमा जानकारी गराउने लगाएतको निर्देशन दिनुभएको थियो ।

    साथै महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक उमा के.सी.ले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका नेपाल प्रहरीबाट जारी गरेको लैंगिक निति २०६९ र काभ्रे जिल्लमा लैगिक हिंसाको अवस्थाको बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा कार्यरत गर्भवती महिला प्रहरी कर्मचारीलाई कार्यालय प्रमुख द्धारा दहि चिउरा खुवाइ कार्यक्रम सम्पन्न गरियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार