२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

खानीखोला महिला दिवसमा अन्तरक्रिया


६७८७ पाठक संख्या
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । खानीखोला गाउँ पालिकाले महिला तथा बालबालिका शाखाको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस –८ मार्चको अवसरमा अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएकोे छ ।

    गाउँ पालिकाले समाजवादी महिलाहरुले अन्तर्राष्ट्रिय रुपमा श्रमिक महिलाहरूको न्याय, स्वतन्त्रता, समानता र बालिक मताधिकारको लागि सन् १९१० मा क्लारा जेट्किन र रोजा लक्जेम्बरको नेतृत्वमा उठाएको श्रमिक महिला आन्दोलनले सफलता प्राप्त दिनको अवसरमा गाउँ पालिकामा रहेको राजनीतिक दल, राजनीतिक दलसँग आबद्ध महिला संघ संगठन र सामाजिक संघ संगठनको प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरि श्रमिक महिला दिवस मनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि खानीखोला गाउँ पालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्वको बारेमा प्रष्ट पार्नु हुँदै २१औं शताब्दीको सभ्य र समुन्नत समाज निर्माण गर्न महिलाहरूको चौतर्फी बिकासले मात्रै सम्भव हुने बताउनु भयो। महिलाहरुलाई राजनीतिक, सामाजिक,आर्थिक र प्रशासनिक क्षेत्रमा उल्लेख सहभागी गरेर मात्रै सभ्य र समुन्नत समाज निर्माण गर्न सकिनेछ । यसको लागि गाउँ पालिका भित्रको महिला दिदीबहिनीहरुको सर्वांगिन बिकास गर्न ज्ञन,सीप,चेतना र क्षमताको विकास गरि आर्थिक र सामाजिक विकासमा लगानी गर्नु पर्ने बताउनुभयो। महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नारालाई सार्थक बनाउन संघीय सरकार र प्रदेश सरकारले महिलामा लगानी गर्न जोड गर्नुपर्ने आवश्यकता औंल्यानु भयो।

    कार्यक्रममा गाउँ भित्र रहेको विभिन्न राजनीतिक दलको प्रतिनिधिहरुले शुभकामना सहित अन्तरक्रियामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभएको थियो। नेकपा(माओवादी केन्द्र)को जिल्ला सदस्य विरेन्द्र लामा,नेपाली कांग्रेस गाउँ पालिकाको उपासभापति टीका बहादुर थिङ(अविरल), नेकपा एमालेको नेता अर्जुन तिमल्सिना र नेकपा एकीकृत समाजवादीको नेता सीतादेवी तिमल्सिनाले शुभकामना मन्यव्य सहित आ–आफ्नो दलगत धारणा राख्नु भएको थियो।

    वडा अध्यक्षहरु बुद्धि बहादुर स्याङ्तान(बाबु), सन्तमान थिङ र बृहस्पति घिसिङले शुभकामना मन्तव्य राख्नु भएको थियो । नि.प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, अनेमासंघ(क्रान्तिकारी) खानीखोला गाउँ पालिका समितिको अध्यक्ष अर्चणा अस्तानी, रक्षा नेपालको प्रतिनिधि फूलमायाँ थिङ्ले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको बिशेष अतिथि गाउँ पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा र लेखा शाखाको बमकाजी शेर्पालीको विशेष उपस्थिति रहेको थियो भने विभिन्न संघ/संस्थाहरु प्रतिनिधि र शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता गाउँ सभा सदस्य बिन्दा आचार्यले गर्नुुभएको थियो। कार्यक्रमको सञ्चालन र समायोजन सृजना थिङले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार