२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपाञ्चोकमा श्रीमतीले कुट्दा श्रीमान ठहरै


७०४७ पाठक संख्या
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ५ कानपुरमा श्रीमतीले कुट्दा ५९ बर्षीय धनबिर दमाईको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (शनिवार) बिहान ९/३० बजेको समयमा मृतक दमाईको ४० बर्षिय श्रीमती कमला परियारले मादक पदार्थ सेवन गरी आफ्नै घरभित्र निगालोको लठ्ठिले टाउकोमा प्रहार गर्दा मृत्यु भएको हो ।

    घटनाघटे पछि ११ः०० बजेको समयमा कानपुर चौकिमा खबर प्राप्त हुन साथ प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखिएको, निज कमला परियारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडि बढाईएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार