२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

बनेपाको सम्पत्तिको रुपमा अगाडि बढेको छ वेलर‚ म गर्वका साथ भन्न सक्छु तपाई अभिभावकहरूले सही विद्यालयको छनोट गर्नुभयो—मेयर शाक्य


१११२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका प्रमुख (मेयर) शान्तिरत्न शाक्यले बेलर इन्टरन्यासनल विद्यालय बनेपाको सौन्दर्य साथै बनेपाको सम्पत्ति मात्रै नभएर अन्य विद्यालयहरूको तुलनामा उत्कृष्ट विद्यालय हो ।

    आज शनिवार सम्पन्न बेलर इन्टरनेशनल विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्मको अभिभावक दिवसको उद्घाटन गर्दै मेयर शाक्यले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो —प्ले ग्रुपदेखि ब्याचलर सम्म अध्यापन हुने विद्यालयमा उत्कृष्ट नतिजा आएको छ । बेलरमा अध्यापन गराएर बनेपाको उत्कृष्ट नागरिक तयार गर्दै हुनुहुन्छ त्यसले गर्दा अभिभावकहरूमा शुभकामना व्यक्त गर्दछु । शिक्षामा मात्रै नभएर अतिरिक्त कृयाकलापमा समेत उत्कृष्ट छ वेलर ‚ म तपाई अभिभावक विच गर्वका साथ भन्न सक्छु तपाईंको बालबालिका सही विद्यालयमा छ । मेयर शाक्यले भन्नुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको बेलर एकेडेमीमा काभ्रे आसपासका १५ जिल्लाका बालकालिका अध्ययन गर्ने बताउनु भयो । कक्षा प्ले ग्रुपदेखि ब्याचलर सम्म झण्डै ३५ सय विद्यार्थीहरूले अध्ययन गर्दैछन् ।  हाम्रो लक्ष गुणस्तरीय र अव्यवहारिक शिक्षाको लागि हो ‚ ‘बेलरले उत्पादन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सक्षम साथै सशक्त रुपमा उभिन सफल भएका छन् । अध्यक्ष थापाले भन्नुभयो ।

    विद्यालयका प्रिन्सिपल इन्दु थापाले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना‚ प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कक्षा प्ले ग्रुप देखी कक्षा १ सम्म पहिलो खण्ड ‚ कक्षा २ देखि कक्षा ५ सम्म दोस्रो खण्ड र कक्षा ६ देखी कक्षा १० सम्म तेस्रो खण्डको रुपमा गरिने अभिभावक दिवसको तेस्रो दिन भोलि आईतवार रहेको छ । विद्यार्थीहरूले विभिन्न विधा माफर्त प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरू‚ अभिभावकहरू तथा विद्यालयका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरूको सहभागिता रहेको थियो ।

    कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूका लागि आयोजित अभिभावक दिवसमा विद्यार्थीहरूले बिभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘बिभिन्न प्रकारका विद्यामा ५० प्रस्तुती मध्ये विद्यार्थीहरूले तयार गरेको नाटक असल अभिभावक र खराब अभिभावक तफर् लक्षित गरिएको थियो । कार्यक्रममा प्राइमरी उत्कृष्ट शिक्षक निकिता थापालाई प्रशंसा पत्र समेतले सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार