२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

चैत्र ३ र ४ गते एकीकृत समाजवादीको १० औं जिल्ला अधिवेशन, २८७ बाट घटाएर ६१ जनाको जिल्ला कमिटी —पुर्व मन्त्री (भिडियो सहित)


५५३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औं जिल्ला अधिवेशन हुने भएको छ । चैत्र ३ र ४ गते हुने उक्त अधिवेशनको तयारीको बारेमा आज (विहिवार) पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

    काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाहरुको ब्यापारीक केन्द्रको रुपमा परिचित बनेपामा सम्पन्न हुने जिल्ला अधिवेशको उद्घाटनको लागि पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गर्ने। अधिवेशनमा पार्टीका महासचिव घनश्याम भुषालको विशेष सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा जानकारी गराइएको हो

    काभ्रेपलाञ्चोक जिल्लामा रहेको १३ स्थानिय तहको १३५ वटा वडाहरुमध्ये हालसम्म ११७ वटा वडाबाट अधिवेशनमा प्रतिनिधित्व गर्ने जानकारी गराईएको छ । जसबाट ४७६ जना प्रतिनिधि १० औं अधिवेशनमा सहभागी हुने भएका छन् । हाल सम्म पार्टीको जिल्ला कमिटि सदस्य २८७ जना रहेकोमा १० औं अधिवेशनबाट बडिमा ६१ जनाको कमिटि बन्ने पूर्व कृषि मन्त्री एवं एकीकृत समाजवादी काभे्र जिल्लाका पार्टी अध्यक्ष बसुन्धारा हुमागाईले जानकारी गराउनु भयो ।

    १० औं अधिवेशनसम्म आईपुग्दा जिल्लामा ३ हजार ९ सय ६६ संगठित पार्टी सदस्य रहेकोमा सो अधिवेशनपश्चात एक बर्ष भित्र १० हजार पार्टी सदस्य पुर्याउने लक्ष रहेको उहाँले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार