२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

कानमा लगाएको मुन्द्रिले गर्दा बृद्ध महिलाको गयो ज्यान , अनुसन्धानको क्रममा काभ्रे प्रहरीले २९ बर्षिय युवालाई झ्याप


५२७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ९ घर भई बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीमा कोठा लिई बस्ने ८३ बर्षिय लक्ष्मी तमाङको हत्यकाको अभियोगमा बर्ष २९ को अभिषेक आचार्जु लाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बडाएको छ ।

    फागुन १८ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.१३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा एक्लै डेरा लिई बस्ने बर्ष ८३ की लक्ष्मी तामाङलाई आफ्नै डेराकोठामा मृत अवस्थामा फेला परेको थियो । घटनाको अवस्थालाई प्रहरीले अनुसन्धान गर्दै जाँदा आत्महत्या नभई हत्या भएको खुल्न आएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा मुखबाट रगत बगी सुकेको र घाँटी ल¥याक, लुरुक अवस्थामा रहेकोले प्रहरी थप सशंकित भएको थियो ।

    प्रहरीको अनुसन्धानबाट मृतक लक्ष्मी तामाङ बिगत १ बर्ष देखि बसन्त श्रेष्ठको घरको भुईतलामा एक्लै डेराकोठा लिई बस्दै आएकी । सोही घरको भुईतलामा एक २९ वर्षको एक युवक बिगत ३/४ बर्षदेखि मृतक लक्ष्मी तामाङको कोठासँगै रहेको अर्को कोठामा एक्लै बस्दै आएको । युवक लागू औषध सेवनकर्ता रहेको र घर परिवारबाट अगल बस्ने गरेको बयानको क्रममा खुल्न आएको थियो ।

    शव परिक्षण प्रतिवेदनमा मृतकको बाँया साईडको 4th–7th ribs फ्रयाक्चर रहेको र contusion and swelling on neck रहेको भनि खूल्न आएको थियो । बनेपा प्रहरीको अनुसन्धान पश्चात चैत्र १३ गते सन्तोष कुमार आचार्जुको छोरा जिल्ला सुनसरी धरान उ.म.न.पा.वडा नं.८ मा घर भइ हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.१३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेराकोठा लिई बस्ने बर्ष २९ को अभिषेक आचार्जु लाई लखेलबाट पक्राउ गरिएको थियो ।

    प्रहरीले अभियुक्तसंग बयान लिने क्रममा फागुन १७ गतेका दिन बिहान मृतकको कोठामा छिरी सुतेको अवस्थामा फेला पारी घुडाँले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटी लिएको र सो सुन बनेपा नगरपालिका वडा नं.८ चारदोबाटोमा रहेको बिबेक रत्न सुनचाँदी पसलमा लिई गई धितो राखी ३६ हजार लिएको खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार