२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

किसानलाई दुधको भुक्तानी समयमा देऊ


२९०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • काभे्रका किसानहरुले उत्पादन गरेको दुध विक्रि गर्दा समयमा भुक्तानी नपाउंदा समस्यामा पर्ने गरेका छन् । विगतको समयमा फस्टाउंदै आएको पशुपालन व्यवसाय समयमा भुक्तानी नपाएकै कारणले गर्दा दिन पर दिन घट्दो अवस्थामा रहेको छ । उनिहरुले उत्पादन गरेको सामाग्रीको मुल्य निर्धारण गर्ने अधिकार व्यापारीसंग निर्भर रहन्छ । कुन व्यापारी कस्तो मुल्य निर्धारण गर्ने र भुक्तानि दिने अधिकार उसैमा निर्भर रहन्छ । विगतमा १५÷१५ दिनमा भुक्तानी दिई संकलन गर्ने दुध हाल आएर कतिपय स्थानमा ४ महिना सम्म पनि नदिएको पाईन्छ । जसले गर्दा किसानले पशु खरिद गर्दा लिएको ऋणको व्याज समयमा भुक्तानि गर्न नसक्दा थप मारमा पर्ने गरेका छन् ।

    पाँचखाल र आसपासका क्षेत्रमा दुग्ध उत्पादन गर्ने कृषकहरुmले उत्पादन गरेको दुध दुग्ध संकलककै मुल्यमा खन्याउनु पर्ने र उनीहरुको खुसिमा भुक्तानी लिनु पर्ने बाध्यत्मक अवस्थाले गर्दा कृषकहरु चिन्तित रहेका छन् । जुन कार्यले गर्दा कृषकहरुलाई हौसला मिल्नुको बदला बदला निरुत्साहीत हुने गरेका छन् । दुध बेचेर ऋण तिर्ने साथै आफ्नो बिभिन्न खाले गर्जो टार्ने आशामा एक लाख सम्म तिरेर भैसि किनेर दुध बेच्न थालेका कृषकहरु दुग्ध संकलकहरुसंग सधै पैसा माग्छन तर ४ महिना सम्म नपाउंदा समस्यामा पर्ने गरेका छन् । कृषकको समस्याको बिषयमा सम्बन्धित निकायले कुनै चासो दिएको अवस्था नहुंदा कृषकले ल्याएको दुधको पैसाबाट आफ्नो गर्जो टार्न पल्किएका संकलकहरुलाई भने मालामाल रहेको छ ।

    कतै एक दुई संकलकहरुले ÷१५ दिनमा भुक्तानी दिन्छन तर सो स्थानमा दुध बेच्न लान समेत नपाउंदा कृषकहरु अन्याएमा पर्ने गरेका छन् । लामो समयबाट आफुले बेच्दै आएको ठाउंमा समयमा भुक्तानी नहुंदा अन्यत्र समयमा भुक्तानी हुने ठाउंमा दुध लगे अन्त लगेको भन्दै बर्ष दिन सम्म पनि भुक्तानी नदिने कार्यले गर्दा ठुला दुध संकलकहरुको कब्जामा कृषकहरु पर्ने गरेका छन् । ठुला व्यवसायीहरुले कृषकको दुधको भुक्तानी समयमा नदिई सोही पुंजिबाट आफुहरुले ठुलाठुला व्यवसाय गर्दै गर्दा पनि कृषकहरु टुलुटुलु हेर्नुको बिकल्प छैन ।

    समय समयमा हुने बजार अनुगमनमा यस्ता समस्याको बिषयमा सम्बन्धित निकायको कुनै ध्यान पुग्न नसक्दा ठुलालाई चैन सानालाई ऐन भन्ने उक्तिसग मिल्दो जुल्दो अवस्था आएको छ । अनुगमनमा जानेहरुले वास्तविक चुरो तर्फ गहिरिएर अध्ययन नगर्दा कृषकको समस्या बुझ्ने कोही नहुदा पशुपालन पेसानै धरापमा पर्ने भएको छ । यसरी पशुपालन पेशानै धरापमा पर्नु भनेको बेरोजगारीको संख्या थपिनु, आवश्यक दुग्ध जन्य सामाग्री विदेशबाट आयात गनु र स्वदेसी पैसा बिदेशमा पठाउनु हो । यस्ता सवैखाले समस्या समाधानको लागि विचौलियाहरुको वेईमानिपनलाई अन्त्य गर्दै किसानको हितको लागि कार्य गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार